• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

  •      /१६ कार्तिक २०७५, शुक्रबार १५:२७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पूर्ण रुपमा स्वास्थ्य लाभ प्राप्त गर्नुभएको छ । उहाँ अब पूर्ण रुपमा ठिक भएकाले अस्पतालबाट डिस्चार्ज गरेको अस्पताल प्रशासनले जनाएको छ ।

    छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य बनेपछि त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरले डिस्चार्ज लेखेको हो ।

    सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले ओली समान्य बनेको बताउनुभएको छ । उहाँले ओलीको आज बिहान परीक्षण गरिएका सबै रिपोर्टहरू समान्य रहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको डिस्चार्ज भैसकेको भन्दै केहीबेरमा निवास फर्कने जानकारी दिनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्वास्थ्य लाभ गरेर फर्किन लागेका ओलीलाई स्वागत गर्न नेता तथा उच्च अधिकारीहरु बसिरहेका बुझिएको छ ।

    छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार ओली अस्पताल भर्ना हुनुभएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोलीले उपचार गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.