• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा नयाँ प्रजाति ‘लोकतन्त्र’ धानमा बाली नलागेपछि किसान चिन्तित

  •      /१७ कार्तिक २०७५, शनिबार ०५:१४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पर्वत । फलेवास नगरपालिका–३ शंकरपोखरी, पोखराचौरमा किसानले रोपेको नयााँ प्रजातिकोा ‘लोकतन्त्र’ जातको धानमा बाला नलाग्दा किसान निरास भएका छन् उक्त प्रजातिको नयाँ धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिस गरेको हो।

    कृषि प्राविधिकहरुले अन्य धानको तुलनामा दोब्बर फल्ने भन्दै अनुदानमा बीउ बाँडेको भए पनि धान थन्क्याउने बेलासम्म पनि बाला नलागेको स्थानीय सूर्यप्रसाद भुषालले बताए। उनले भने, ‘अरु धानभन्दा धेरै फल्छ, दोब्बरै फल्ने र छिटो पनि पाक्ने भनेर रोपेको अहिले काट्ने बेलामा पनि धान पसाएको छैन।’

    धान रोपेको समयमा बेर्ना निकै राम्रो भएको र ठूलो गाँज हाले पनि अहिलेसम्म धान नपसाउँदा किसानहरु चिन्तित बनेको छन्। यस क्षेत्रको करिब १०० रोपनी क्षेत्रफलमा ‘लोकतन्त्र’ धानको रोपिएको छ। तर, धान नै नपसाएपछि एक वर्षका लागि खाने अन्नको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताएको किसानहरु बताउँछन्।

    अन्य जातको धान रोपिएको खेतमा धान झुलेर पहेँलपुर भए पनि नगरपालिकाले नै सिफारिस गरेको धान भने पसाएको छैन। पोखराचौरमा अघिल्लो वर्ष पनि यही जातको धान लगाइएको र उत्पादन राम्रो भएको प्राविधिक कृष्ण तिवारीको भनाइ छ। ‘अघिल्लो वर्ष पनि यही धान लगाएको थियो, परीक्षण भएकै हो,’ तिवारीले भने, ‘अघिल्लो वर्ष .राम्रो फलेको धान यस वर्ष के भयो बुभ्mनै सकिएन।’

    प्रतिकिलो ६० रुपैयाँ पर्ने ‘लोकतन्त्र’ जातको धानको बीउ नगरपालिकाको ५० प्रतिशत अनुदानमा प्रतिकिलो ३० रुपैयाँको दरमा किसानले खरिद गरेको थिए। धानको बिउ सिफारिस गरेको फलेवासको नगर कृषि कार्यालयका प्राविधिक ढाकाराम सुवेदीले यस वर्ष धान ढिलो रोप्नु र मौसममा छिट्टै बदली हुनु लगायतका कारणले धानमा बाला नलागेको बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.