प्रदेश सरकारले महर्षी बेदव्यासको जन्मभूमिलाई पवित्र धामका रुपमा विकास गर्छ : मन्त्री गुरुङ
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
दमौली / गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले महर्षी बेदव्यासको जन्मभूमि दमौलीलाई पवित्र धामका रुपमा विकास गर्नुपर्नेमा जोड बताएका छन। ।
वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीस्थित व्यास गुफा क्षेत्रमा जारी विश्व ओमकार तथा हिन्दू महामिलन पर्वमा आज सहभागी हुँदै मन्त्री गुरुङले बेदव्यास भूमिको विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताए ।
गण्डकी प्रदेशअन्तर्गतका त्रिवेणी धाम, देवघाट धाम, मुक्तिनाथ धाम, गलेश्वर धाम लगायतलाई प्रदेश सरकारले विशेष चासोका साथ हेरिरहेको बताउँदै उनले गण्डकी प्रदेशबाटै धार्मिक, सांस्कृतिक विविधताको उत्पत्ति भएको हुँदा यसलाई सुन्दर समाज निर्माण गर्ने अभियानसँग जोड्नुपर्ने धारणा व्यक्त गरे।
सो अवसरमा मन्त्री गुरुङले व्यास गुफाकोसमेत अवलोकन गरेका थिए। । मन्त्री गुरुङलाई प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाले व्यास गुफा क्षेत्रका बारेमा जानकारी गराएका थिए।
Related