• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटनमन्त्री अघिकारी बेलायत जानबाट रोकीए, भिएफएसले च्यात्यो भिसा

  •      /१७ कार्तिक २०७५, शनिबार १०:५१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायतको भिषा लागेको राहदानी पृष्ठ भिषा प्रक्रिया गर्ने कम्पनीकाे लापरवाहीका कारण च्यातिएको छ।

    नेपालमा वेलायतसहित धेरै युराेपेली मुलुकहरूकाे भिषा प्रक्रियाकाे जिम्मा ललितपुर महालक्ष्मीस्थानमा रहेकाे भिएफएस ग्लाेबल नेपालले हेर्नेगर्छ। मन्त्री अधिकारीले सहयोगीमार्फत् त्यहीँबाट भिषा आवदेन गरेका थिए।

    ‘उहाँले वेलायतको भिषा आवेदन गर्नुभएको थियो। भिषा लागेर आएको पनि छ’, मन्त्री अधिकारीको सचिवालय सदस्य कृष्ण आचार्यले भने, ‘तर भिषा लागेको पेजमा फल्ट छ। त्यसमा यात्रा गर्न मिल्दैन। ’

    लन्डन यात्रा रद्द
    मन्त्री अधिकारी नोभेम्बर ५ देखि ७ सम्म लन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा सहभागी हुन भिषा अावेदन गरेका थिए। पर्यटन व्यवसायी र मन्त्रालयका बरिष्ठ अधिकारीसहित ३१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लन्डन जाँदै थिए।

    ‘नयाँ भिषा लिन थप एक दुई दिन बढी लाग्नेरहेछ’, आचार्यले नेपालखबरसँग भने, ‘त्यही भएर उहाँको लन्डनको यात्रा रद्द भएको छ।’

    कार्यक्रममा सहभागी हुन ५ नाेभेम्बरमा लन्डन पुगिसक्नुपर्ने मन्त्री अधिकारीकाे राहदानी १ नोभेम्बर अर्थात बिहीबारसम्म फिर्ता नदिर्इ राेकिएकाे थियो। सँगै अावेदन गर्नेहरू अन्य कर्मचारीको भिषा लागेकाे राहदानी पहिलै फिर्ता दिइएकाे थियो। बिहीबारसम्म राहदानी नदिएपछि शुक्रबार कार्यालय खुल्नासाथ मन्त्रीका सहयोगी पाटन महालक्ष्मीस्थानस्थित भिएसएफ ग्लोबल नेपालको कार्यालय पुगेका थिए।

    कसरी च्यातियो भिषा स्टिकर?
    भिषा स्टिकर टाँसेपछि च्यातिएको देखिन्छ। भिषा स्टिकर च्यातेपछि फेरि जर्बजस्ती टाँस्दा नमिलेको प्रस्ट देखिन्छ। त्यसपछि भिषालाई रद्द गर्ने संकेतस्वरुप रातो मसीको कलमले कट्टी गरिएको छ।

    भिएसएफ नेपालले राहदानीसहित सम्बन्धित कागजात संकलन गर्ने, भिषा फारम प्रक्रिया अघि बढाउने, बायोमेटिक, औँठाछाप लिने एवं भिषा शुल्क संकलन गर्ने काम गर्छ। भिषा दिने नदिने निर्णय भने दूतावासमै निहित हुन्छ। नोभेम्बर १ मा मन्त्री अधिकारीको भिषा जारी भएको देखिन्छ। जारी भइसकेपछि भिषा स्टिकर च्यात्ने र पछि भिषा कट्टी गरिएको छ। ‘सी भिजिट’ उल्लेख भएकाे मल्टिपल इन्ट्री भिषा सन् २०१९ मे १ तारिकसम्म बहाल रहने उल्लेख छ।

    भिएसएफद्वारा गल्ती स्वीकार

    पर्यटनमन्त्री अधिकारीकाे जारी भइसकेकाे भिषा स्टिकर च्यात्ने एवं कट्टी गर्ने कार्यमा संलग्न भिएफएस ग्लाेबल नेपालले गल्ती स्वीकार गरेकाे छ। घटनाकाे जानकारी पाएपछि शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएकाे प्रहरीकाे एउटा टाेलीले भिएफएस अधिकारीसँग साेधपुछ गरेकाे थियाे। सुरूमा अाफू जिम्मेवार नरहेकाे भन्दै गैरजिम्मेवारपूर्वक जवाफ दिएकाे कम्पनीले प्रहरी केरकारपछि गल्ती स्वीकारेकाे हाे। ‘भिषा टाँस्ने बेलामा गल्ती भएकाे र त्यसपछि भिषा पृष्ठ कट्टी गरिएकाे’ भिएफएसले स्वीकारेकाे ललितपुर प्ररहरीले जनाएकाे छ।

    ‘भिषा अावेदन गराउने कम्पनी भिएफएसले भिषामा राताे चिन्हले कट्टी हामीले गरेका हाैं भनेर स्वीकारेकाे छ’, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रविन्द्र धानुकले भने, ‘प्रहरीले साेधपुछ गर्दा भिषा मगाइदिन्छाैं भन्नुभएकाे छ। प्रहरीले कसैलार्इ नियन्त्रणमा लिएकाे छैन।’

    नेपालखबरबाट 

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.