• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पीपीएल : उपाधिका लागि पोखरा र चितवन भिड्ने

  •      /१८ कार्तिक २०७५, आईतवार ११:५८ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता
    पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको उपाधिका लागि फाइनल खेलमा चितवन राइनोज र पोखरा पल्टन भिड्ने भएका छन् ।

    पारस खड्काको कप्तानीकमा रहेको चितवनले प्ले अफमा ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई पराजित गर्दै पोखरासँगको भेट पक्का गरेको हो । चितवनले काठमाडौंलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

    पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले दिएको ९५ रनको लक्ष्य चितवनले १८.२ ओभरमा मात्र ४ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टाएको हो । चितवनका लागि स्मित पटेलले ३८ रन जोडे ।

    त्यस्तै हरिशंकर साहले २६, आरिफ सेखले २० रन बनाए । काठमाडौंका सुसन भारीले तीन विकेट लिए पनि टोलीलार्इ जित दिलाउन सकेनन् । सुसनले चार ओभर गर्दै १८ रन खर्चे र तीन विकेट लिँदा पवन सराफले एक विकेट लिएका थिए ।

    यसअघि काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । उनले ३५ बल खेल्दै दुई चौका प्रहार गर्दै ३० रन जोडेका हुन् । त्यस्तै जयकिसन कोल्सावालाले २५ रन जोडे । उनले २७ बल खेल्दै दुई चौका चारहार गरेर २५ रन जोडेका थिए ।

    खराब सुरुवात गरेको काठमाडौंले टिमको ३० रन पुग्दा सुरुवाती चार विकेट गुमाउन पुगेको थियो । त्यसपछि मैदान आएका कप्तान ज्ञानेन्द्रसँग सहकार्य गर्दै कोल्सावालाले पारी उकास्ने प्रयास गरे पनि उनी १२.४ ओभरमा टिमको ६८ रन हुँदा आउट हुन पुग्ये । अन्य ब्याटसम्यानले भने चितवनका खेलाडीविरुद्ध खुलेर खेल्न सकेनन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.