• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आज सोमबार हेर्नुहोस् तपाइको राशिफल कस्तो छ भाग्य

  •      /१९ कार्तिक २०७५, सोमबार ०३:३० ,  प्रकाशीत
  • तपाईको आज

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ फाइदा हुनेछ।परिस्थितिसँग सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानी परित्याग गर्नुहोला। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। स्वास्थ्यमा देखिएको कमजोरीले काममा समेत बाधा उत्पन्न हुनेछ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका हुन सक्छ। असहज परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। पुरानो कामलाई निरन्तरता दिन सकिनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले पनि उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनुहोला। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    मनको डरले सताउने हुँदा काम सम्पादन भए पनि मन ढुक्क नहुन सक्छ। काम छोडेर भेटघाटमा अलमलिनुपर्ला। खानपानको सोखले खर्च बढाउनुका साथै स्वास्थ्यमा समेत समस्या निम्त्याउन सक्छ। घरपरिवारमा असमझदारी बढ्न सक्छ। बिग्रिएको स्थितिलाई सन्तुलनमा ल्याउन सकिनेछ। विलासी वस्तु उपभोग गर्ने मौका भने नमिल्न सक्छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभावले सताउनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। लगानीअनुसार फाइदा कम हुनेछ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी तथा सट्टापट्टामा विशेष लाभ मिल्ने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। धनको उपयोगबाट फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    सोखले खर्च बढाउनेछ। नियमको पालना गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। कामको चुनौती र अलमलले मन खिन्न रहनेछ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। आफूभन्दा अरूलाई फाइदा हुने काममा जुट्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने स्थिति देखिन्छ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। केही चुनौती सामना गर्नुपर्ला। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट फुर्सद पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुटाउन सकिनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.