माओवादी द्धन्दको चक्रब्यूँहमा परेको परिवार जो सधैें चाडवाडमा रोएरै बिताउँछ
तपाईको प्रतिक्रिया





एनएच पौडेल
गुल्मी । कार्तिक लागेपछि नै सबैका आँगन सयपत्रि मखमलीले रँगिदै छन,घरआँगन वरिपरि तिहार आउनु तीन महिना अगाडीबाटै रंगी बिरंगि फुलहरु रोपेर हराभरा र उमंगित पारिएको छ तर रुरु गाउँपालिका १ च्युृरेकका भोजराज ज्ञवालीको घरमा भने सधैको विनारौनक नै तिहार वित्ने गरेको छ।
२०६० सालको तिहारको अघिल्लो दिन नवलपरासीको सुनवलमा मारिएका भोजराजको मृत्युको तिथी श्राद्द तिहारको अघिल्लो दिन पर्दछ र त्यो कहालिलाग्दो दिनको सम्झनाले तिहार आएको कुनै महत्त्व राख्दैन ।
छोरा कृष्ण अन्जान ज्ञवालीका अनुसार २०६० सालको तिहारको अघिल्लो दिन विहान करिब छ बजे नवलपरासीको सुनवल प्रहरी चौकि अगाडि पसलमै उनलाई माओबादीको गोलि लाग्यो उनिसँगै अर्का एक सर्वसाधारण र सात जना प्रहरी मारिए यसलाई क्रसफाएर भनेर घटना मोड्ने प्रयास भयो तर त्यहाँ प्रहरीले गोली चलाएको थिएन अन्जान भन्छन ।
राज्यले द्दन्दका नाममा हुनेखानेलाइ हेर्यो तर हामीलाई हेरेन भोजराजकि जेठी धर्मपत्नि यमकलाले भनिन । आफुले दिएको मतले धेरै जन प्रतिनिधि मन्त्री र सांसद बनेको तर फर्केर कसैले नहेरेको उनले बताइन ।
Related