पोखरामा मापासे गरी ट्याक्सी लिएर भाग्न खोज्दा दुर्घटनामा परी एकको मृत्यु
/२० कार्तिक २०७५, मंगलवार १२:१३ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। पोखरा । मादकपदार्थ सेवन गरी पार्किङमा राखेको अर्कैको ट्याक्सी लिएर भाग्दा पोखरामा एक जनाको ज्यान गएको छ ।सोमबार राती मादकपदार्थ गरेर सुतेका अन्दाजी २५ बर्षीय सुमन पौडेलले अर्कैको ट्याक्सी चलायर भाग्दा दुर्घटनामा परि ज्यान गुमाएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले जानकारी दिए।
उनका अनुसा पोखरा शान्तिनगरमा रहेको राजु कुवरको ग्यारेजमा काम गर्ने पोखरा – २१ कृस्तीका पौडेलले राती ट्याक्सी चालकसँगै शान्तिनगरमा मादकपदार्थ सेवन गरि सुतेका थिए ।
ट्याक्सी चालक राजु थापा सधै ट्याक्सी पार्किंङ गर्ने ठाउमा ट्याक्सी राखेर पौडेल सँगै मापसे गरी सुतेकोमा पौडेलले सुटुक्क ट्याक्सीको चापी लिएर हिडेको चालकलाई उदृत गर्दै डिएसपी कार्कीले बताए ।
पौडेलले लिएर हिडेको ग १ ज ५४३ नम्बरको उक्त ट्याक्सी पोखरा २२ पुम्दी भुम्दी स्थित फलेंटेमा दुर्घटना हुदाँ उनको घटनास्थलमै ज्यान गएको हो । ट्याक्सी सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।

तस्विर पाखरा न्यूज डटकमबाट
Related