• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘तिहारको खेल, मज्जाको खेल’ सुरु, पोखरा सस्तो बजारको सहकार्य

  •      /२० कार्तिक २०७५, मंगलवार १३:५९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । दोस्रो ठूलो चाड तिहारको अवसर पारेर पोखराको बिग एफएमले बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ सुरु भएको छ । यस बर्ष पोखरा सस्तो बजार, पृथ्वीचोकले सहकार्य गरेको छ ।

    ‘जुवा होईन, तास होईन, अब एसएमएसको खेल बिग एफएममा । हार्नुपर्दैन केही, छ त केवल जीत नै जीत, त्यो पनि क्यासमा ।’ थिमका साथ रेडियो गेम शो कात्तिक २० गते कुकुर तिहारदेखि २२ गते गोबद्र्धन पुजासम्म साँझ ७ बजेदेखी ९ बजेसम्म चल्नेछ । खेल खेलेर स्रोताहरुले २० हजार रुपैँयासम्म जित्न सक्ने कार्यक्रम संयोजक शंकर तिवारीले जानकारी दिए ।

    एसएमएस गरि आफुलाई दर्ता गर्नका लागि स्रोताहरुले आफ्नो मोबाईलको मेसेज बक्समा गई बीआईजी टाईप गरेर एक स्पेस दिइ एफएम लेखि ३४३२१ मा पठाउनुपर्नेछ । एफएमले एसएमएसहरुमध्ये लक्की ड्र गरि स्रोताहरुलाई आफै फोन गरेर ‘तिहारको खेल मज्जाको खेल’ खेलाउनेछ ।

    १५ वटा नम्बर मध्ये श्रोताले पालैसित १४ पटकसम्म नम्बर छान्दै जानुपर्नेछ । अन्तिम लक्की नम्बरमा भएको नगद श्रोताको नाममा हुनेछ । अधिकतम २० हजार रुपैँया सम्म जित्न सक्ने कार्यक्रम प्रस्तोता कमल थापाले जनाए ।

    ‘नयाँबर्ष होस् या भ्यालेन्टाईन डे, तीज, दशैं होस् या तिहार । रेडियोले हरेक पर्व र उत्सव श्रोतासँगै विभिन्न रमाईलो ईभेन्टमार्फत मनाउँदै आएका छौं ।’ प्रोग्राम चिफ तिवारीले भने– ‘तिहारमा जुवा खेलेर पैसा र समय बर्बाद गर्ने प्रचलन छ, जहाँ धेरैजनाले हार व्यहोर्छन् तर हामीले खेलाईने खेलमा स्रोताहरुलाई जित मात्रै हासिल हुनेछ, त्यसका लागि  एसएमएस गरे पुग्छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.