पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गियर बदल्ने बेला आएको बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् ।
यद्वपी उनले सरकारको गियर बदल्ने भनेको पुराना मन्त्री हटाएर नयाँ मन्त्री बनाउने कुरा नभएको स्पष्ट पारे । उनले भने,‘गियर बदल्ने भनेको मन्त्री हटाउने भनेको होइन, गति बढाउने हो ।’
सरकारले अब तुरुन्तै गियर बदल्ने घोषणा गर्दै उनले भने,‘सरकारले अब गियर बदल्दै छ, सरकारको गति बढाउन जे जे समस्या छ वा त्यस्ता केहि नमिलेका तथा अपुग छन् भने त्यो मिलाएर भएपनि पूरा गरिन्छ । उनले ओली नेतृत्वको सरकारले जनताले अपेक्षा गरेजस्तै गरी काम गर्ने विश्वाससमेत व्यक्त गरे ।
प्रचण्डले ओली सरकार अन्र्तराष्ट्रिय शक्ति सन्तुलन, राष्ट्रियता, ऐतिहासिक र रणनीतिक रुपमा सफल भएको पनि दाबी गरे । असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनुका साथै छिमेकी देश भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन पनि यो सरकार सफल भएकाले वर्तमान सरकारलाई असफल भन्न नमिल्ने उनले तर्क गरे ।
उनले नेपाल ल्याण्ड लक्ड (भूपरिवेष्ठित) देशबाट ल्याण्ड लिंक्ड कन्ट्री बन्न सफल भएको भन्दै यो सफलता वर्तमान सरकारकै कारण भएको उल्लेख गरे ।नेकपा अध्यक्ष प्रचण्डले प्रदेश सरकार प्रभावकारी नहुने वा असफल हुँदा सबै परिवर्तन असफल हुने र देश अँध्यारोमा फस्ने बताए ।
संघीयतालाई जसरी पनि असफल हुन नदिई प्रभावकारी बनाउनु पर्ने बताउँदै उनले भने,‘प्रदेश असफल भयो भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत सबै परिवर्तनहरु असफल हुन्छ, त्यसैले प्रदेश सरकारलाई जसरी पनि प्रभावकारी बनाउनुपर्छ, नत्र देशै अँध्यारोमा फस्छ ।’
शुभेच्छा न्यूज संम्वाददाता

Related