पर्वत थापाठानामा जन्मेका ह्यारी भण्डारी अमेरिकाको राज्य सांसदमा विजयी
/२१ कार्तिक २०७५, बुधबार ०६:३४ , प्रकाशीत
शुृभेच्छा न्यूज संम्वाददाता पोखरा/अमेरिकामा भएको मध्यावधी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी मेरिल्याण्ड राज्यको सांसद निर्वाचित भएका छन्। पर्वत थापाठानामा जन्मेका भण्डारीले मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ बाट डेमोक्रेटिक पार्टीका तर्फबाट चुनाव जितेका हुन्।
अमेरिकाको राजनीतिमा नेपाली मूलका नागरिक पहिलेदेखि नै संलग्न भएपनि राज्यको सांसदमा निर्वाचित भण्डारी पहिलो हुन्।मंगलबार भएको निर्वाचनमा मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट डिष्ट्रिक ८ बाट २० हजार ९ सय ७७ मतका साथ निर्वार्चित भएका हुन्।
अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपाली मूलका नागरिकको बसोबास पनि बाक्लो छ।संभवतः भण्डारी विदेशमा माथिल्लो तहमा निर्वाचित हुने नेपाली मूलका पहिलो राजनीतिकर्मी हुन्। १२ वर्षअघि अमेरिका आएर प्रध्यापन पेशामा संलग्न रहेका भण्डारी शुरुदेखि नै डेमोक्रेटिक पार्टीमा सक्रिय थिए।
शुृभेच्छा न्यूज संम्वाददाता
पोखरा/अमेरिकामा भएको मध्यावधी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी मेरिल्याण्ड राज्यको सांसद निर्वाचित भएका छन्। पर्वत थापाठानामा जन्मेका भण्डारीले मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र नम्बर ८ बाट डेमोक्रेटिक पार्टीका तर्फबाट चुनाव जितेका हुन्।

Related