• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आज बुधवार कस्तो छ तपाइको भाग्य हेर्नुहोस राशिफल

  •      /२१ कार्तिक २०७५, बुधबार ०३:१७ ,  प्रकाशीत
  • मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):-दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ।  सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

    बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):-व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

    मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह):-छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग अनावश्यक प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

    कर्कट -(हि, हु, हे, हो, डा, डि, डु, डे, डो):-महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। परिबन्धले अप्ठ्यारो पर्न सक्छ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

    सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):-प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।

    कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):-अधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ।

    तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते):-रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अरूलाई आकर्षित तुल्याउने मौका छ। पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। तर सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।

    बृश्चिक -(तो, ना, नि, नु, ने, नो, या, यि, यु):-अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।

    धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):-मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा फाइदा हुन सक्छ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

    मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):-विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

    कुम्भ -(गु, गे, गो, सा, सि, सु, से, सो, द ):-पुरानो गतिले काम बिग्रन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। काम बिग्रने भयले सताउनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला। सहयोगीहरूको भर पर्दा दु:ख पाइनेछ। बेसुरमा काम गर्ने बानीले आफूलाई फाइदा नहुन सक्छ। सहयोगीहरू जुट्नाले दिन सामान्य उत्साहवर्द्धक रहला।

    मीन -(दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) :- गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। तापनि, प्रयत्न गर्दा जिम्मेवारी पाइनेछ र केही काम बन्नेछन्। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.