• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटकीय नगरी पोखरामा विदेशी पर्यटकले भाइटीका लगाए

  •      /२३ कार्तिक २०७५, शुक्रबार १५:२३ ,  प्रकाशीत
  • पोखरा-भाइटीकाको दिन पोखरामा १० देशका झण्डै ६० पर्यटकले भाइटीका लगाएका छन्। पर्यटकिय नगरी पोखरामा पश्चिमाञ्चल होटल संघ (हान) आयोजना गरेको १२ औ भाइटीका महोत्सवका पर्यटकहरु सहभागि भएर भाइटीका लगाएका हुन्।

    पहिलो पल्ट भाइटीका ग्रहण गरेका जर्मन नागरिक म्यारिक भाइटीका लगाउन पाउँदा निकै खुशी लागेको बताए । ‘दिदि बहिनी हरुले टिका लगाएर ढाका टोपि लगाउँदा निकै खुशी लागेको छ’ उनले भने ‘नेपाल संस्कार र संस्कृतिमा निकै सम्पन्न रहेछ।’

    त्यस्तै दगं थिए इजरायली नागरीक नेप्चेन पनि निधारमा सप्तरंगी टिका, शिरमा ढाका टोपि, गलामा सयपत्रीको मालामा सजिएका उनले भाइटीकाले निकै आत्मिय महसुस गराएको बताए।

    चौथो पटक भाइटीका लगाएकी नेदरल्याण्डकी हिल्लटेजि भन् मिक्करिन यो संस्कार र संस्कृतिले आफुलाई निकै लोभ्याएको प्रतिक्रिया दिइन् । भाइटिको टिका ग्रहण कुरेर बसेकी उनी केहि दिनमै स्वदेश फर्कने बताइन्।

    होटल संघले विगत १२ अघि देखि यस पर्वलाई भाइटीका महोसत्सवको रुपमा मनाउँदै आएको छ। स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई प्रचार गर्ने उद्धेश्य महोत्सवको आयोजना गरिएको हानका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

    उनले नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरीएको बताए। यसपालि पनि पर्यटकको उल्साह पूर्ण सहभागिता रह्यो । यसले पक्कै पनि यस पर्व प्रति सकारात्मक धारणा बनिरहेको छ। यो धर्मसँग नजोडिइ सद्भावसँग जोडिएको उनले बताए।

    कार्यक्रम निकै उत्साहपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको संघकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक पार्वती पाण्डेले जानकारी दिइन्। उनले भनिन् ‘भाइटीकाकै दिन अपरान्ह दुई बजेबाट शुरु भएको भाइटीकाको कार्यक्रम नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, देउसी भैलो खेल्दै सेलरोटी लगायत अन्य परिकार खुवाएर उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।’ उनले गत वर्ष भन्दा यस वर्ष टिका लगाउने पर्यटक बढेको जानकारी दिइन्। ‘गत वर्ष १३ देशका ३५ पर्यटकले टिका ग्रहण गरेका थिए भने यस वर्ष १० देशका ६० पर्यटक भाइटीका लगाए।’

    लेकसाइड स्थित होटल बटरफ्लाईका संचालक होटलसंघका सल्लाहकार.गोविन्द राज पहारीले यो पर्व निरन्तरता दिनु पर्ने बताए। उनले भने ‘यसले विदेशमा निकै सकारात्मक सन्देश लगेको छ, यसलाई निरन्तरता दिनुपर्छ।’

    उनले भाइटीका ग्रहण गर्नकै लागि पर्यटक पोखरा आउन गरेको र दुई देश विचका नागरिकमा भाइचारको सम्बन्ध स्थापित गरेको बताए । उनले भने‘ यस पर्वले नेपाली संस्कार संस्कृतिलाई विदेशमा भित्र्याइरहेको छ।’

    पर्यटकलाई रेन्बो चिल्डेन होममा रहेका १० जना किशोरी एवं बालिकाहरुले पर्यटकलाई टिका लगाईदिएका थिए। कार्यक्रमको लागि होटल ल्याण्डमार्क र बटरफ्लाई लजले सहयोग गरेको कार्यक्रमको प्रबद्र्धक नेपाल पर्यटन बोर्ड रहेको थियो।
    deshsanchar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.