• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार त्रिपाठीले गरे पहिलो फिल्म ‘लक्ष्मी रानी’को निर्माणको घोषणा

  •      /२४ कार्तिक २०७५, शनिबार ०५:५४ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता
    पोखरा/ पत्रकारितामा लामो समयदेखि सक्रिय रहेका विनोद त्रिपाठीले ‘लक्ष्मी रानी’ नामक फिल्म निर्माण गर्ने भएका छन् ।तिहारको लक्ष्मी पुजाको अवसरपारी नेपाली फिल्म ‘लक्ष्मी रानी’को निर्माण घोषणा भएको छ ।

    बुधबार राजधानीमा एक गीत रेकर्ड गर्दै फिल्मको शुभ मुहूर्त गरिएको जनाइएको छ। महिलाप्रधान कथामा आधारित यस फिल्मबाट अभिनेत्री समेत रहेकी शुभेच्छा थापा निर्देशकको रुपमा डेब्यु गर्दैछिन् । कलाकारको रूपमा शुभेच्छा लिड फिमेल भूमिकामा छिन् भने पटकथा लेखन पनि उनैको रहेको जानकारी दिइएको छ ।

    यस फिल्म निर्माता त्रिपाठीको समेत विशेष भूमिका हुनेछ । निर्माता त्रिपाठीले आफुले निर्माण गर्ने फिल्म ‘लक्ष्मी रानी’ नेपाली फिल्ममा कोशेढुंगा बन्ने समेत बताएका छन् । चलचित्रले पस्कने विषयबस्तु पनि दर्शकको रोजाईको विषय बन्ने उनको विस्वास छ ।

    निर्देशक थापाकाअनुसार फिल्मले आधुनिक र ग्रामीण दुई आयामका महिलाको संघर्ष र प्रवृत्तिको कथा प्रस्तुत गर्नेछ । उक्त फिल्मको टिजर पोस्टरमा सहरिया युवतीले बेद र ग्रामीण युवतीलाई अंग्रेजी पुस्तक समातेको चित्रण छ ।

    फिल्ममा शुभेच्छा र विनोदसहित भोजपुरी फिल्मका सुपरस्टार परदेशी शाह, जयकिसन बस्नेत, मिथिला शर्मा, श्याम राई र पल्पसा डंगोलको समेत मुख्य भूमिका हुनेछ ।

    विगतमा कान्तिपुर दैनिकसँग आबद्ध उनी हाल सौर्य दैनिकका सम्पादक छन् । माओवादी द्वन्द्वकालमा चर्चित पत्रकार त्रिपाठी राजनीतिक रिपोर्टिङमा दखल राख्छन् । फिल्मी क्षेत्रमा उनको यो पहिलो पाइला हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.