• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पैँचाे पसल बन्यो गाँउलेको सारथी: स्थानिय उत्पादन शहर पुग्न थाले

  •      /२४ कार्तिक २०७५, शनिबार ०४:२३ ,  प्रकाशीत
  • कृष्ण अन्जान
    गुल्मी / गाउँघरमा किसानले उत्पादन गरेका कृषिक्न्य पदार्थको सँकलन र बजारिकरणकाे कार्य गरिरहेकाे पैँचाे पसल कार्यक्रम प्रभावकारी सावित भएकाे छ ।गुल्मीका केहि उत्साहि युवाहरुले पहिलाे पटक बलेटक्सारमा पैचाे पसल कार्यक्रमकाे केन्द्रीय कार्यालय स्थापना गरि याे अभियान शुरु गरेकाे पनि एक दशक पुग्न लाग्याे ।

    पैँचाौ पसल यस्तो अवधारणा हाे जस अन्तरगत किसानका उत्पादन सँग उपभाेग्य बस्तुहरु साटफेर गरिम्छ ।पैँचाे कार्यक्रमका गाउँ गाउँमा रहेका डिपाेहरुमा किसानले अाफ्ना उत्पादनहरु पुर्याउछन र चाहिएका उपाभाेग्य सामान र नगद समेत लिएर जान्छन ।

    किसानका उत्पादन हरु पैँचाे पसलले मुल्याँकन गर्दछ र साेहि अनुसार किसान लाइ कृषिजन्य पदार्थको साटाे उपभाेग्य सामान र नगद समेत दिनेगरेकाे छ ।

    किसानले तरकारी गेडागुडी दलहन घिउ फलफुल लगाएतकाे साटाे चामल दाल तेल चिनि सावन अालु प्याज लसुन चियापत्ति लगायतका सामान लैजाने गरेकाे गुल्मीको रुरु गाउँपालिकामा पैँचाे पसल सन्चालन गरिरहेकि सिमा ज्ञवालीले बताइन । पैँचाेले यसपटक तिहारलाइ लक्षित गरि चिउरिका पात बिमिराे समेत बुटवल झारे पछि किसान दँग छन ।

    पैँचाेले गाउँका फर्सि टमाटर साग मुला अमला अमिलाे कर्कलाे सबै लाने गरेकाे छ ।बजारमा नबिकेका सामान बाट गुन्द्रुक मस्याैरा अचार सस लगाएतका उपभाेग्य पदार्थ बनाएर बजार पुर्याउने काम पनि पैँचाे पसल अभियानले गरेकाे छ।

    बुटवलमा शाे रुम का साथै केन्द्रीय कार्यालय रहेकाे पैँचाे पसलले जुम्लाको मार्सि चामल जुम्ला हुम्ला र मुस्ताङका स्याउ कास्कीकाे जेठाे बुडाे चामल लगाएत उपभोक्ता माझ पुर्याएकाे छ ।

    स्वदेशो कृषिजन्य उत्पादनकाे बजार प्रवर्दनमा कृयाशिल पैँचाे पसल अभियान साँचाे अर्थमा गाउँ घरका किसानकाे असल सहयाेगि र साथि बनेकाे छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.