• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आबुखैरेनीबाट गोरखा जाँदै गरेको बस दुर्घटनामा, १५ जना घार्इते

  •      /२४ कार्तिक २०७५, शनिबार १४:५१ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता 

    गाेरखा- तनुहँकाे आबुखैरेनीबाट गोरखा जाँदै गरेको ना ३ ख ७५४४ नं को बस दुर्घटनामा परेकाे छ । गोरखा नगरपालिका-११ तेह्रकिलोमा बस दुर्घटनामा परेको हाे।  दुर्घटनामा परी कम्तीमा १५ जना घाइते भएका छन्।

    घाइतेहरुलाई उपचारका लागि गोरखा अस्पताल लगिएको छ भने गम्भीर घाइतेको अन्यत्र रिफर गर्ने तयारी भएको छ। एम्बुलेन्स समयमै उपलब्ध हुन नसक्दा घाइतेको उद्धारमा समस्या भएको छ।

    बस यात्रुले खचाखच भरिएको र तिव्र गतीमा रहेको यात्रुले बताएका छन्। बसका चालक र सहचालक भने घटनापछि फरार भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ। बस सडकबाट करिब ५० मिटर तल खसेकाे थियाे।

    घाइते भएकाहरुमा गोरखा नगरपालिका ६ छहरे निबासी सरिता बिक, गोनपा ६ हरमटारीकी कल्पना राना र बुधबहादुर राना, धार्चे गाउँपालिका २ की जिया गुरुङ, जमुना गुरुङ र जेशिला गुरुङ, घ्याल्चोक गाउँपालिकाका आकृति तिमिल्सिना र आयुश तिमिल्सिना रहेका छन् ।

    त्यस्तै, आरुघाट गाउँपालिका केउरेनी निबासी मनकुमारी आले, गोरखा नगरपालिका ५ काफलघारी निबासी दिलबहादुर राना, गोनपा ६ अस्पतालमार्ग निबासी सुनिता अर्याल, पालुङ्टार ८ गौलीटार निबासी सबिता पाठक, गोनपा ६ हरमटारी निबासी अनु श्रेष्ठ, भीमसेन गाउँपालिका १ निबासी प्रकास नेपाली छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.