चिसो बढेसँगै हिमाली क्षेत्र मुस्ताङका सर्वसाधारण बजार झर्न थाले
/२४ कार्तिक २०७५, शनिबार १३:२९ , प्रकाशीत
शुृभेच्छा न्यूज संम्वाददाता बेनी । चिसो बढेसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । कात्तिक महीना शुरु भएदेखि नै उनीहरुले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार शुरु गरेका हुन् ।
वृद्धवृद्धाबाहेक अधिकांश सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो हप्तासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको छन । उनीहरुले आफ्नै लगानीमा लत्ताकपडाका साथै सियो, धागो र जिम्बु, सिद्रालगायतका सामग्रीको व्यापार गर्दै आएका छन् ।
चार महीना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले असोज अन्तिम साताभित्र अन्नबाली थन्क्याएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको पर्वतको कुश्मामा आइपुग्नुभएकी उपल्लो मुस्ताङको छोसेरकी झ्याली गुरुङले बताए ।
उनकाअनुसार लोमान्थाङ, घमी, छोसेर, सुर्खाबङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाँडो छल्न तल झर्ने गरेका छन् ।
चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित मावि तथा प्राविले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गरेका छन् ।
यो मौसममा मुस्ताङीले घुम्ती व्यापारबाट कम्तीमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गरेर बर्खायामलाई पुग्ने गरी खाद्यान्न खरिद गरी लैजाने प्रचलन रहेको छ ।
मुस्ताङको उपल्लो क्षेत्रका बासिन्दा जिल्लाकै तल्लो क्षेत्रका साथै पर्वत, म्याग्दी, बागलुङ, कास्की, गोर्खा, तनहुँलगायत देशका अधिकांश जिल्लामा पुगेर घुम्ती व्यापार गर्ने गरेका छन् ।
शुृभेच्छा न्यूज संम्वाददाता
बेनी । चिसो बढेसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । कात्तिक महीना शुरु भएदेखि नै उनीहरुले गाउँ छाडी देशका विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार शुरु गरेका हुन् ।

Related