देउसी भैलोखेलेर आर्थिक सहयोग जुटाउदै सहारा एकेडेमी
/२५ कार्तिक २०७५, आईतवार १२:०४ , प्रकाशीत
शुृभेच्छा न्यूज संम्वाददाता
पोखरा । पोखराको सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीको सहयोगार्थ यस बर्ष २०७५ मा खेलिएको देउसी भैलो कार्यक्रमबाट ५ लाख १० हजार ७ सय ३ रुपैया संकलन भएको छ ।
“संस्कृतीको जर्गेना गरौं, सहारा एकेडेमीलाई सहयोग गरौं” भन्ने मुल नाराका साथ पोखरा क्षेत्रमा पाँच दिनसम्म खेलिएको देउसी भैलो कार्यक्रम बाट उक्त रकम संकलन भएको क्लवका अध्यक्ष केशब बहादुर थापाले बताए। क्लबका शुभेच्छुकहरुको घर–घरमा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित उक्त रकम विपन्न बर्गका अनाथ र असहाय वालकहरुको भरण पोषणका लागि खर्चिने अध्यक्ष थापाले बताए ।
क्लवको स्थापनादेखि हरेक बर्ष तिहारमा देउसी भैलो कार्यक्रम गर्दै आएको छ, सहारा एकेडेमी संचालनको मुल आय श्रोत आहा रारा गोल्ड कप हो भने दोश्रो दिगो आय श्रोतको रुपमा देउसी भैलोनै रहेको छ ।
कार्यक्रम संयोजक बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ (सुरज) का अनुसार देउसी भइलो कार्यक्रममा क्लवका सदस्य कलाकार, एकेडेमीका बालक सहित क्लवका पदाधिकारीको सहभागिता रहेको थियो।
नेपाली कला संस्कृतिक झल्कने तथा नेपाली मौलिकता सम्बन्धी देउसी भैलो कार्यक्रम मार्फत कलाकारहरुले गीत तथा नृत्य प्रर्दशन गरेका थिए।

Related