दमौली। पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्र्तगत व्यास १२ घाँसीकुवामा आइतबार दिउँसो बस दुर्घटना भएको छ । भिमादबाट नारायणगढ तर्फ जाँदै गरेको ग १ ख ५८४७ नम्बरको बस दिउँसो साँढे १ बजे दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।
घाइते मध्ये ७ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ । घाइते मध्ये १८ जनाको रत्नहरी अस्पताल, ६ जनाको दमौली अस्पताल र १३ जनाको दमौली अस्पतालमा उपचार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार घुम्ती बाटोमा बस अनियन्त्रित हुँदा उक्त दुर्घटना हुन पुगेको थियो । दुर्घटनाग्रस्त बस सडक देखि करिब २५ फिट तल खसेको छ । दुर्घटनाको जानकारी पाए लगत्तै प्रहरी र स्थानीय उद्धारका लागि घटना स्थलमा पुगेका थिए ।
घाइतेहरुलाई उद्धार गरी दमौलीका विभिन्न अस्पतालमा उपचार गर्नका लागि लगिएको थियो । यस घटनाका विषयमा थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।
शुृभेच्छा न्यूज संम्वाददाता

Related