• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रचण्ड र थापा उपचारका लागि तातापानी कुण्डमा

  •      /२६ कार्तिक २०७५, सोमबार १३:०९ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्नी सीता दाहालको तातोपानी कुण्डमा डुबेर उपचार गराउन सुरु गरिएको छ । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसा सम्बन्धि रोगबाट पिडित प्रचण्डपत्नी दाहालको उपचार गराउन ल्याईएको हो ।

    तातोपानीको कुण्डमा डुबेर प्राकृतिक उपचार विधि मार्फत सिताको उपचार गराउन प्रचण्ड समेत यहाँ आउनुभएको छ । सोमबार दिउँसो हेलीकप्टर मार्फत अर्थुङ्गे स्थित नेपाली सेनाको गणमा अवतरण गराईएपछि सवारी साधन मार्फत ९ किमी लामो कच्ची सडकबाट बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्डमा पुग्नुभएको थियो ।

    सो टोलीमा गृहमन्त्री रामबहादुर थापा र उहाँकी पत्नी नैनकला थापा, प्रचण्डकी छोरी गंंगा दाहाल लगायत सहभागी छन् । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डमा शरिरको बाहिरी भाग डुबाएर सिताको उपचार गराउन सुरु गरिएको छ ।

    सितालाई यस अघि सिंगापुर लगेर उपचार गरिएको थियो । ‘‘ यो पारिवारीक भ्रमण हो, तातोपानी कुण्डमा स्नान गरेमा नसा सम्बन्धी समस्या हल हुने थाहा पाएपछि यहाँ आईएको हो’

    नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरु समेत सहभागी सो टोली तिन दिनसम्म म्याग्दीमै रहनुहुनेछ । सो क्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्ड, गृहमन्त्री थापा सहितको टोलीलाई स्वागत गरेका थिए ।

    यसरी हुन्छ उपचार

    बेनीदेखि ९ किमी टाढाको दुरीमा रहेको तातोपानीमा म्याग्दी नदीको किनारमा जमिनभित्रबाट ४५ देखी ५७ डिग्री सेल्सियस तापक्रम भएको पानी निस्कन्छ । गन्धक र बिरेनुनको गन्ध आउने प्राकृतिक तातोपानीको कुण्डमा शरिरको बाहिरी भाग डुबाएर उपचार गरिन्छ । कुण्डमा डुबेपछि बाही निस्कीएर कम्बल वा बाख्लो कपडा ओढेर पसिना बगाएपछि नजीकै बनाईएका तातोपानीका धारामा नुहाउने गरिन्छ ।

    यस कुण्डमा नियमित नुहाउनाले ग्याष्ट्रीक, नसा, बाथरोग, ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनीने, गलगाँड, एसाईतिस लगायतका रोगहरु निको हुने छ,/

    कुण्ड व्यवस्थापन समितिका सचिब कुमार केसीका अनुसार– अहिले कुण्डमा २५० जनाले नियमित रुपमा डुबेर उपचार गर्दै आएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.