• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अपराध नियन्त्रणमा पर्वत प्रहरीले सक्रियता बढाएसंगै मापासे र अन्य अपराधिका अभियुक्त धमाधम पक्राउ पर्न थाले

  •      /२६ कार्तिक २०७५, सोमबार ०३:५७ ,  प्रकाशीत
  • शुृभेच्छा न्यूज संम्वाददाता

    पर्वत /मादक पर्दाथ सेवन गरि सवारी साधन चलाउने चालकका बिरुद्ध पर्वत प्रहरीले प्रक्राउ गरि मुद्दा चलाएको छ ।ना ६ ख ७०३० को बसका चालक नुवाकोट बेल्कोट गाउँपालिका – ३ बस्ने ४१ बर्षिय दलबहादुर पन्तका बिरुद्ध प्रहरीले मुद्दा चलाएको हो ।

    मादक पदार्थ सेवन गरी अनियन्त्रित तवरले सवारी चलाउँदा दुर्घटना हुन गएको भेटिएपछि पन्तलाई आइतबार पक्राउ गरि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

    पन्तले चलाएको उक्त बसको ढोकाबाट खसेर पर्वतको जलजला गाउपालिका वडा नं ४ लामाखेतमा खस्दा बाग्लुङ नगरपालिका वडा नं १० की २३ बर्षिया गीता परियार घाइते भएकी थिइन । कार्तिक २३ गते भएको घटनाको अनुसन्धानका क्रममा मापसे गरेर सवारी चलाएको भेटिएपछि काबार्ही गरिएको प्रहरीले जनाएको छ ।

    यसैबिच दशैं देखि तिहार सम्म प्रहरीले सवारी चेकजाँच गरि २ लाख २९ हजार रुपैंया राजस्व संकलन गरेको छ । असोज २४ गते देखि कार्तिक २४ गते सम्म एक महिनाको अवधीमा २ सय ८१ वटा सवारी साधनलाई काबार्ही गरि उक्त राजस्व संकलन गरेको हो ।

    काबार्ही गरिएका सवारी साधन मध्ये मापसे गरेका ९ सवारी साधनलाई काबार्ही गरि ९ हजार, यात्रु संग बढी भाडा लिने ७ सवारी साधनबाट ८ हजार ५ सय, अन्य काबार्हीबाट २ सय २५ सवारी साधनलाई काबार्ही गरि १ लाख ७५ हजार ५ सय रुपैंया राजस्व संकलन भएको प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.