• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उखुको खुदो र गुणले प्रशिद्धि कमाएको थोर्गेली गाउँ अब सम्झना मात्र

  •      /२७ कार्तिक २०७५, मंगलवार १३:५७ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    गुल्मी । पर्वत स्याङजा बाग्लुङका गाउँ घर तिर जाँदा कसैले घर कहाँहो भनेर सोध्दा थोर्गा भन्यो भने ए ऊखु खुदो र गुँण पाइने ठाउँ भनेर सम्झि हाल्छन ।

    थोर्गामा उँखु खेति खुदो र गुण उत्पादनको करिव डेढ शताब्दी पुरानो इतिहास छ ।थोर्गामा खुदो र गुण खरिद गर्न टाढाका जिल्लाबाट जाने गरेको बुढा पुरानाहरु बताउँछन ।

    यहाँका किसानहरुले पहिले नगदे बालीको रुपमा बारी भरि उँखु लगाउने गर्दथे माघ देखि बैशाख सम्म उखु पेल्ने सिजन र त्यहि सिजनमा महिनौ सम्म कोलमा गोरुले तानेर उँखु पेल्ने चलन थियो ।बारी भरी उखुु लगाइने हुँदा महिना डेढमहिना सम्म पनि उँखु पेल्ने र रसेटो मा ऊखुको रस पकाएर खुदो पकाइन्थ्यो ।

    अत्यन्त मेहेनत साथ पकाइएको खुदो रोटी पकाउन गुण पार्न र मदिरा बनाउन समेत प्रयोग हुन्थ्यो ।गाउँमा चिनीको बिकल्पमा खुदो चियामा हालेर खाने चलन थियो । खुदोको चिया मिठो हुने गरेको सम्झना छ शुसिला ज्ञवाली पौडेललाई ।

    खुदो र यसबाट बनेको गुण कोसेली लाने चलन थियो ।बदाम नरिवल हालेर बनाईएका हाडे गुण र फुस्रे गुण थोर्गा गाउका चर्चित उत्पादन भएको स्थानीय बताउँछन्।
    समय घर्कि सकेको छ एउटा मेहेनति पुस्ता लगभग सकिएको छ र त्यो पुस्ता सगै उखु खेति पनि लगभग मासिएको छ ।

    थोर्गाका दानराज ज्ञवाली, केदार ज्ञवाली लगाएतका उँखु किसानहरुको नाम अझैपनि सबैले सम्झिन्छन तर अबत सम्झना मात्र बनेका छन ।पछिल्लो चरणमा लामो समय सम्म थोर्गाका जीबनाथ भण्डारीले गुणको ब्यापार गरे तर आज भोलि छाडेका छन ।

    थोर्गाका इन्दुवर ज्ञवाली रामचन्द्र ज्ञवाली कृष्ण राज ज्ञवाली लेखनाथ गौतम लगाएतले भने पुर्खाको बिंढो धानेका छन। गुण उत्पादन त गरेका छन मात्र परम्परा धान्नेकाम भएको छ ।उँखु लगाउन छाडेको गाउँमा खुदो नै कम उत्पादन भएपछि गुण पनि कम उत्पाउन भएको छ ।

    समय सँगै उखु उत्पादन कम भएको गाउँबाट मान्छेहरु शहर पलाएन भएको र खेति योग्य जमिन बाँझै भएपछी खुदो पाइने थोर्गा गाउँमात्र सम्झनामा सिमित रहने निश्चित भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.