नेपाल विद्यार्थी संघमा नेतृत्वको लागि रडाको,महाविधेशन नभए समानान्तर कमिटी बनाउने चेतावनी
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौ। यतिवेला नेपाल विद्यार्थी संघ भित्र रडाको मच्चिएको छ। देउवाले भात्रिसंगठनहरुलाई थामथुम पार्दैै अधिवेशन नै नगराई टिका लगाएर आफ्ना आसेपासे लाई नेतृत्वमा ल्याउन खोजेपछि रडाको सुरु भएको हो।
नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले संघको महाधिवेशन नभए समानान्तर कमिटी गठन गरी अघि बढ्ने चेतावनी दिएका छन् ।
संगठनको कात्तिक १६ देखि १८ सम्म हुने भनिएको महाधिवेशन पार्टी नेतृत्वको हस्तक्षेपका कारण रोकिएको भन्दै महामन्त्री काफ्लेले तत्काल महाधिवेशनको वातावरण नबनाए समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन् ।
गत भदौ ३ गते सकिएको नेविसंघको वर्तमान नेतृत्वको कार्यकाल विधानअनुसार तीन महिनाका लागि थपिएको थियो । थपिएको कार्यकाल आगामी मंसिर ३ गते सकिँदैछ । त्यसपछि कार्यसमिति स्वतः विघटन हुनेछ । ३२ वर्षे उमेर हदको विवाद र नेतृत्वको हस्तक्षेपको कारण संगठनको अधिवेशन हुन सकेको छैन ।
Related