• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाइ जागिरबाट बर्खास्त गर्नू पर्छ : दाहाल

  •      /२८ कार्तिक २०७५, बुधबार १३:०३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समायोजन हुन नमान्ने कर्मचारीलाई जागिरबाट निकाल्नुपर्ने बताएका छन्संविधानको मर्म र भावनाअनुसार प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न जान नमान्ने कर्मचारीलाई निकाल्नुको विकल्प नभएको दाहालले बताए।

    ‘कर्मचारी समायोजनको समस्या सर्वत्र देखिएको छ। कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउन सरकारले कठोर निर्णय गर्नुपर्छ। नमान्नेलाई निकाल्नुपर्छ अर्को कुनै उपाय छैन,’

    म्याग्दी उद्योग वाणिज्य संघले बुधबार बेनीमा गरेको कार्यक्रममा बोल्दै दाहालले भने, ‘कर्मचारी प्रदेश र स्थानीय तहमा जान नमाने नयाँ कर्मचारी भर्ती गरे हुन्छ। पढेलेखेका युवाहरू बेरोगजार भएर विदेशिएका छन्। नमान्ने कर्मचारीलाई हटाइदिएर नयाँ भर्ती गरे को जाँदैन स्थानीय तहमा?’

    ‘संसारभरि जहाँ हेर्नुस्, ठूला राजनीतिक परिवर्तन भएपछि ब्युरोक्रेसी र सेक्युरिटीको माथिल्लो लेयरलाई सरकारले बिदा गरिदिन्छ। आफूप्रति लोयल हुने, परिवर्तनलाई बुझ्न सक्ने मान्छेहरूलाई भर्ती गर्छ। अनि पो परिवर्तन संस्थागत हुन्छ।’

    जिल्ला कार्यालय खारेज गरेर स्थानीय तहमा ती कार्यालयको सेवा पुर्‍याउने संघीयताको मर्म भए पनि कर्मचारी अभाव देखाएर जिल्लामा भएका कार्यालय अरू जिल्लामा केन्द्रिकृत गरिएकोमा दाहालले आपत्ति जनाए।

    ‘जिल्लामा रहेका खानेपानी, शिक्षा, स्वास्थ्य कार्यालय गाउँमा पुर्‍याउने भनेको हो। कर्मचारीहरू पनि गाउँ पुर्‍याउने भनेको हो। अहिले के भएछ भने कर्मचारी जान मानेका छैनन्, अप्ठेरो पर्‍यो भनेर दुई/तीन वटा जिल्लालाई एउटा कार्यालय खोलिएको रहेछ,’ दाहालले भने, ‘जिल्ला कार्यालय हटाएर तीन जिल्लाको एउटा कार्यालय खोलेपछि जनतालाई झन् झमेला। बरु पहिले आफ्नै जिल्लामा त कार्यालय थियो।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.