शुभेच्छा न्यूज संम्वाददाता
दाङ- प्रहरीको नियन्त्रणमा रहेका एकजना थुनुवा भगाउन सहयोगी बनेको भन्दै दाङ प्रहरीले एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। सार्वजनिक अपराध तथा नैतिकताको बिरुद्ध कसुरमा प्रहरी नियन्त्रणमा रहेका तुलसीपुर ५ का बिष्णु बुढाथोकी भागेका थिए।
प्रहरी नियन्त्रणमा रहेका बुढाथोकीलाई घोराही स्थित जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर तुलसीपुर लैजाने क्रममा बसबाट भागेका थिए। बसको पछाडी सिटमा बसेका बुढाथोकी झ्यालबाट हामफालेर भागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी प्रेमवहादुर शाहीले जानकारी दिए।
बुढाथोकीको निगरानीका लागि खटिएका प्रहरी जवान शेरवहादुर बुढाथोकीले नै भगाउन सहयोगि बनेको आशंकामा प्रहरी जवान शेरवहादुरलाई सामाजिक न्याय बिरुद्धको कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई मंगलवार जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप गरिएको छ।
उनी गत २३ गते एक ब्यक्तिलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए।

Related