शुभेच्छा न्यूज संम्वाददाता काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले चिनियाँ राष्ट्रपति सि जिन फिङ छिट्टै नेपाल भ्रमणमा आउने बताए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएको भन्दै अब छिट्टै नेपाल आउने उनले जानकारी दिए ।
‘हाम्रो तर्फबाट (प्रधानमन्त्री र राष्ट्रपति) दुवैको तर्फबाट चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो गैसकेको छ, उहाँहरु छिट्टै नेपाल आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ, र, आग्रह पनि छ,’ भट्टराईले भने ।
‘चीनसँग हामी हजारौं वर्षदेखि एउटै हिमालको दुई तिर बग्ने पानी पिएर हुर्केका छौं । चीनसँग अब यातायातको सञ्जाल जोडिन सक्ने स्थिति भएको छ । रेलको सञ्जालपनि जोडिन सक्ने अवस्था छ ।
अब दक्षिणतर्फ मात्रै होईन, उत्तरसँग पनि क्रस बोर्डर टा«न्समिशन लाईन (गल्छी–केरुङ) को लागि छलफल सुरु गरेका छौं,’ बिहीबार रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने– ‘यो भोलि किमाथांका र उत्तरतर्फको भु–भागमा बन्न सक्ने कुरा छ। हामी उत्तरतिर पनि कनेक्टिभीटीको सञ्जाल बढाउन खोज्दैछौं ।’
भारत र चीन दुवै मुलुक सम्पन्न मुलुक भएकोले अब नेपालले दुवै मुलुकसँग आफ्नो सम्बन्ध आर्थिक रुपमा केन्द्रित गर्नेपनि उनले जनाए ।‘अहिले दुई वटा छिमेकी भए पुग्छ भन्ने खालको अभिव्यक्ति कता–कता आईरहेको छ ।
त्यस्तो होईन, हामीले सबैसँग मित्रवत सम्बन्ध राख्नुपर्छ । दुई वटा छिमेकीले मात्र पुग्दैन् । आफ्नो देशको हितमा फाईदा लिनेगरि नीतिहरु बनेका छन् । अब तीनलाई प्रभावकारी रुपमा लागु गर्छौं ।’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली आगामी सन् २०१९ को जनवरी/फेब्रुअरीतिर महत्वपूर्ण भ्रमणमा जाने भट्टराईले जानकारी दिए ।
शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले चिनियाँ राष्ट्रपति सि जिन फिङ छिट्टै नेपाल भ्रमणमा आउने बताए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएको भन्दै अब छिट्टै नेपाल आउने उनले जानकारी दिए ।

Related