दुई तिहाईको घमण्ड र फुर्ति नदेखाउन काँग्रेस नेता श्रेष्ठको चेतावनी
/३० कार्तिक २०७५, शुक्रबार ०३:४२ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
भिमाद। । नेपाली काँग्रेसका नेता एवं पुर्व उप प्रधानमन्त्री गोपालमान् श्रेष्ठले कम्युनिष्ठ सरकारलाई दुई तिहाईको घमण्ड र फुर्ति नदेखाउन चेतावनी दिएका छन् । तनहुँको भिमादमा विहिबार देखि शुरु भएको दोस्रो भिमाद महोत्सवको उद्घाटन समारोहमा बोल्दै नेता श्रेष्ठले समय र परिस्थिती अनुसार राजनीतिक दलहरुले सफलता प्राप्त गर्ने बताए ।
उनले २०१५ सालमा काँग्रेसको एकल मत आउँदा कम्युनिष्ठहरुसंग कत्ति सिट थियो भन्दै प्रश्न गरे । “सवैले आफ्नो पालामा गर्ने हो,मैले मेरो पालामा गरेको छु”-उनले भने-“विकास भनेको मिलेर गर्नेको हो,विकासको सपना बन्नुस् ,काम पनि गर्नुहोस् ।” काँग्रेसको नेतृत्वमा प्रजातन्त्र स्थापना देखि संविधान निमार्ण, स्थानिय ,प्रदेश तथा संघीय चुनाव लगायतका ऐतिहासिक काम गरेको उनले दाबी गरे ।
नेता श्रेष्ठले हुने विरुवाको चिल्लो पात र नहुने विरुवाको खस्रो पात हुने भन्दै कम्युनिष्ठ सरकार आएको ९ महिनामा कुनै पनि नयाँ काम हुन नसकेको तर्क गरे । उनले दुई तिहाईको सरकार आएपछि जनतालाई थेग्नै नसक्ने करको भार बोकाइएको ,शान्ति सुरक्षा कायम गर्न नसकेको र पुरानै अर्थ नीति लागु गर्न बाहेक केहि गर्न नसकेको आरोप लगाए ।
आफुहरु अहिले पर्ख र हेरको अवस्थामा रहेको उल्लेख गर्दै संविधानमै २ बर्षसम्म सरकारको काम हेर्ने नीति बनाइएकाले सरकारविरुद्ध अविश्वासको पत्र ल्याउन नसकेको बताए । नेता श्रेष्ठले कम्युनिष्ठ सरकारप्रति जनतामा विश्वास नरहेको बताए।
अहिले एमालेलाई भोट दिने जनता पछुताएर आफैलाई धिकारेर बसेको बताउँदै कम्युनिष्ठ सरकारले जनविश्वास गुमाउँदै गएको उनको भनाई छ ।उनले काँग्रेस सरकारमा रहदाँ शेयर बजारको भाउ बढ्ने, आर्थिक बृिद्ध हुने तर कम्युनिष्ठको सरकार आएपछि घट्ने गरेको उल्लेख गरे ।

Related