रजतमाहोत्सवमा आयोजित बास्केटबल छात्र तर्फको उपाधी बाल कल्याण माबीले हातपा¥यो
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । नदिपुर स्थित न्यू ग्यालेक्सी माबीको रजत महोत्सब अन्र्तगत आयोजित बिद्यालय स्तरिय छात्र बास्केटबलको उपाधी बाल कल्याण माबीले जितेको छ । शुक्रवार भएको प्रतिष्पर्धात्मक खेलमा बाल कल्याणले मनकामना माबीलाई ५६–४९ को स्कोरले पराजित गर्दै उपाधी हासिल गरेको हो ।
बाल कल्याणले उपाधी संगै नगद ८ हजार र उपविजेता मनकामना माबीले नगद चार हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।त्यसै गरि छात्रा तर्फको उपाधी भने हिल पोइन्ट माबीले जितेको छ । हिल पोइन्टले आयोजक न्यू ग्यालेक्सीलाई ९–३ को स्कोरले पराजित गर्दै उपाधी पाएको हो ।
हिल पोइन्टले उपाधी संगै नगद ५ हजार र उपबिजेता न्यू ग्यालेक्सीले नगद ३ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगितामा छात्र तर्फको उत्कृष्ट खेलाडी शुभाष जुगजाली घोषित भए भने प्रतियोगिता अवधीभर बाल कल्याणका सुमित गुरुङले सर्वाधिक गोल गरे ।
छात्र तर्फ न्यू ग्यालेक्सीकी स्तुती गुरुङ उत्कृष्ट खेलाडी र हिल पोइन्टकी उर्मिला गुरुङले सर्बाधिक गोल गरिन ।बिजयी खेलाडीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर गुरुङ, न्यू ग्यालेक्सीका प्राचार्य एवं हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा लगाएतले पुरुस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
यहि कार्तिक २७ गते बाट शुरु भएको उक्त प्रतियोगितामा छात्र तर्फ ८ र छात्रा तर्फ ४ विद्यालयको सहभागिता रहेको थियो ।
Related