• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पार्टी कार्यालयमै नेविसंघका दुई समूहको नाराबाजी

  •      /१ मंसिर २०७५, शनिबार १२:०७ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौँ – नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनको मिति तोक्न माग गर्दै विद्यार्थीहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्। संस्थापन र संस्थापन इतरका विद्यार्थी नेता–कार्यकर्ताले नेवि संघको महाधिवेशनका विषयमा तत्काल निर्णय गर्न माग राखेर प्रदर्शन गरेका हुन्।

    भातृ संस्था नेपाल विद्यार्थी संघबारे निर्णय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्नुभन्दा अघि विद्यार्थीहरुले प्रदर्शन र नाराबाजी गरेका हुन्। नेवि संघका केन्द्रीय सदस्य शिशिर भट्टले संगठनको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन गर्न दवाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताएका छन्।

    नेवि संघकै एउटा खेमाले शनिबार कार्यकाल सकिने कार्यसमितिलाई अवैधानिक भएको हुने दावी गर्दै नयाँ समिति बनाएर महाधिवेशनमा जानु पर्ने बताउँदै आएको छ।
    त्यसैगरी, अर्को पक्षले यही केन्द्रीय समितिलाई आयोजक समिति बनाएर जानु पर्ने माग गरिरहेको छ। जसले गर्दा १२औं महाधिवेशन गरी वैधानिक बाटोबाट नेतृत्व चयन गर्न सजिलो हुने तर्क उक्त समूहको छ।

    दुई समूहको प्रदर्शनका क्रममा संस्थापन इतरको विद्यार्थी समूहको अगुवाई शिशिर भट्ट, नवराज त्रिपाठी, निरन्तर थापा लगायतले गरेका थिए। संस्थापन पक्षबाट दीपक भट्टराई, बलदेव तिम्सिना, युवराज पाण्डे लगायतका विद्यार्थी नेताहरु नाराबाजी गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.