रूकुम/ रूकुममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्।त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढाको हत्या गरेको प्रहरीले जनाएको छ।
बुढाले श्रीमतीलाई भरूवा बन्दुकले गोली हानेर हत्या गरेको र छोरालाई खुकुरीले घाँटी रेटेर गएराति २ बजे हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।
प्रहरीका अनुसार श्रीमती र छोराको हत्या गरेका बुढा आफूले पनि घाँटे रेटेको अवस्थामा फेला परेका छन्। आइतबार बिहान गाउँले घटनाबारे थाहा पाउनासाथ प्रहरीलाई खबर गरेका थिए।
बुढाले रक्सी खाएर श्रीमती र छोराको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
शुभेच्छा न्यूज संम्वाददाता

Related