• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाली सेनामा भर्ति गराइदिने भन्दै पैसा लिएको आरोपमा तीन सैनिक बर्खास्त

  •      /२ मंसिर २०७५, आईतवार १४:३४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    तुलसीपुर ।बेरोजगार युवाहरुलाई नेपाली सेनामा जागिर लगाइदिने भन्दै पैसा लिएको आरोपमा नेपाली सेनाले तीन जना सैनिकलाई बर्खास्त गरेको छ।

    तुलसीपुर मातहतमा रहेको १९ नम्बर बाहिनी अड्डा ज्वालादल गण जाजरकोमा कार्यरत तीन  सैनिकलाई आर्थिक अनियमितिताको आरोपमा कारबाही गरिएको बाहिनीपति, सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।

    बाहिनीपति पाण्डेका अनुसार अनुशासनहीन काम गरेकाले सैनिक अदालतको निर्णय अनुसार उनीहरुलाई सेवाबाट हटाएर कारवाही थालिएको हो।
    कारवाही गरिएका सैनिकहरुमा बर्दियाको सानोश्री गाविस ८ घर भइ ज्वालादल गण जाजरकोटमामा कार्यरत जमदार नरेन्द्रबहादुर डाँगी, बाँकेको बैजनाथ गाविस १ चिसापानी घर भइ सोही गणमा कार्यरत हबलदार कुलबहादुर राना क्षेत्री र गोर्खाको पालुङटार नगरपालिका २ घर भएका सिपाही दिनेश अधिकारी रहेका छन्।

    जमदार डाँगीले नेपाली सेनामा भर्ना गराइदिने भन्दै डेढलाख रुपैयाँ लिएका थिए भने हवल्दार रानाले आफ्नो गाउँको भन्दै सघाएको आरोपमा कारवाही गरिएको हो। त्यसैगरी सिपाही अधिकारीले भर्ना भएपछि ५० हजार रुपैयाँ लिने कबुल गरेको प्रमाण भेटिएपछि सेवाबाट हटाइएको र कोट मार्सल अनुसार कारबाही गरिएको बाहिनीपति पाण्डेले बताए।

    आर्थिक अनियमिततामा गरेको स्वीकार गरेपछि सैनिक अदालतले डाँगी र अधिकारीलाई ३÷३ महिना र रानालाई एक महिना कैद गर्ने फैसला समेत गरेको नेपाली सेनाका प्रवक्ता साहयक रथी गोकुल भण्डारीले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.