नेविसंघ भित्रको कलह उत्कर्षमा पुगेपछि थामथुम पार्न कार्यकाल दुई महिना थपियो
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठकले भातृ संस्था नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको छ।
आइतबार बेलुकी सकिएको बैठकले नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको म्याद दुई महिना थपेको हो। नेविसंघको विधानमा दुई बर्षे कार्यकाल सकिएपछि पनि महाधिबेशन गर्ने प्रयोजनका लागि तीन महिना कार्यकाल थप गर्न सकिने ब्यवस्था छ।
सोही ब्यबस्थालाई कांग्रेसले बाधा अड्काउ फूकाउमार्फत पाँच महिना बनाएको हो। अधिबेशन गराउन पार्टीको निर्देशन समितिले थप गरेको तीन महिना समय आज सकिएको थियो। माघ २ गतेसम्म महर नेतृत्वकै नेविसंघलाई निरन्तरता दिने निर्णय भएको हो।
Related