• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा भित्र लामो समयसम्म एकता प्रक्रिया थाति रहदा कार्यकतामा निराशा बढ्दो

  •      /३ मंसिर २०७५, सोमबार १०:१९ ,  प्रकाशीत
  • कृष्ण अन्जान
    पोखरा। नेपाली वाम राजनितीमा छुट्टै महत्त्व राख्ने एमाले र माओवादीबीचको एकता प्रकृया शुरु भएको करिब आठ महिना बित्दैछ । यधपी वाम गठबन्धन भएर निर्वाचन भएको एक वर्ष पुरा भएको छ ।

    पार्टी एकताको प्रारम्भिक चरणमा पार्टीको नामा कारण नेकपा राखिएको र नेता बीच घुलमिलको वातावरण बनाउने काम पनि पार्टीले गरेको छ ।सरकार नेकपाको छ वाम राजनितीले देशभरि राज गरेको छ र नेपाली जनताले आशा गरेका दुइ नेता केपि ओली र प्रचण्ड एउटै पार्टीमा छन ।

    तरपनि गाउँघर मा राजनैतिक गतिबिधि नेकपाको नामबाट शुन्य जस्तै छ तर एमाले र माओवादीका छुट्टाछुट्टै बैठकहरु भने आयोजना हुने गरेको पार्टी कार्यकर्ता बताउँछन ।

    राजनैतिक गतिबिधिको शुन्यतामा नेकपाले गाउँ नगर तिर सँयन्त्रको गठनले केहि आफ्नो गतिबिधी त बढाउने प्रयास गरेको छ तर कार्यकर्तामा निराशा कायम छ ।सँयन्त्र गठन गर्दा केहि कार्यकर्ताले आफ्नो अवमुल्यन भएको ठानेका छन ।जिल्ला तहमा रहेका कार्यकर्ता गाउँको सँयन्त्रमा र केन्द्रीय तहमा रहेका कार्यकर्ता जिल्ला तहमा रहनुको तितो यथार्थ रहेको कास्कीका एक नेकपाका नेताले बताए ।

    पछिल्लो चरणमा आफ्ना कर्याकर्तालाइ व्यवस्थापन कसरी गर्ने भन्ने ठुलो चुनौति नेकपामा छ ।पार्टी भित्र त्याग बलिदानका फेरहिस्त सहितका फाइलका चाँग, चाँग लाग्ने र आफ्नो योगदान एवं बलिदानको हिसाव किताब कार्यकर्ताले खोज्दा नेतालाइ कार्यकर्ता कार्यकर्ताको व्वबस्थापनमा धौ धो हुने कुरामा कुनै शँका छैन ।सबैका लागि निश्चय पनि पद पुग्दैन र कार्यकर्तामा निराशाका स्वर अझै थपिने निश्चित छ ।

    पछिल्लो चरणमा कास्की जिल्लामा एमाले र माओवादीका छुट्टाछुट्टै बैठकहरु चलि रहेका छन। बैठकहरुले गाऊँ तथा नगरमा आफ्नो पार्टीबाट कसलाइ पठाउने आफ्नो बाहुल्य कसरी कायम राख्ने भन्ने प्रयास दुबै पार्टी नेताहरु लागिपरेका छन्। त्यहाँ भित्र पनि गुट उपगुटका खेति हुमे गरेको कार्यकर्ता को गुनासो छ ।

    पार्टी एकिकरण हुनु धेरै राम्रो पक्षहो तर पदको बाँडफाँडमा गुट उपगुट आसे पासे भन्दा पनि कार्यकर्ताले पार्टीका लागि गरेको योगदानको मुल्यांकन हुनु पर्छ यो कास्कीकै नेकपाका नगर स्तरिय कार्यकर्ताको माग हो ।

    अवस्थ पनि एकातिर लामो समय युद्ध लडेको माओवादी र अर्काे तर्फ नेपाली वाम राजनितिमा मुलधारको रुपमा स्थापित एमाले बिचको यो एकताले देशकै राजनितीमा ठुलो महत्व त राख्छ तर निति र कार्यकर्ताको उचित व्यवस्थापनमा गुट उपगुटमा पार्टी केन्द्रीत रह्यो भने नेकपाको गतिशिलता भन्दा दुर्भाग्य बढि हुनेमा शँका छैन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.