क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट
/४ मंसिर २०७५, मंगलवार १२:२३ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौँ : नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अर्को टी-२० फ्रेन्चाइज लिगमा अनुबन्ध भएका छन्। सन्दीपलाई आज भएको पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर क्वालान्डर्सले आफ्नो टिममा अनुबन्ध गरेको हो।
गोल्ड क्याटेगोरीमा रहेको सन्दीपलाई लाहोरले गोल्ड क्याटेगोरीको पहिलो खेलाडीको रुपमै लिएको हो। गत सिजन इनडियन प्रिमियर लिग खेलेपछि विश्वभर चर्चा कमाएका सन्दीप पीएसएलमा पहिलो पटक छनोट भएका छन्।
गत वर्ष प्रारम्भिक ड्राफ्टमा परेपनि सन्दीपलाई अन्तिममा कुनै पनि टिमले लिएको थिएन। आइपीएलसँगै सीपीएल, ग्लोबल क्यानडा लिग, एपीएल खेलिसकेका सन्दीपलाई यस पटक भने पीएसएलमा पनि खेल्ने साइत जुरेको छ।

Related