बागलुङमा छोराद्धारा बन्चरो प्रहार गरी ९० बर्षिय आमाको हत्या
/५ मंसिर २०७५, बुधबार १३:३९ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा आफ्नै छोराले एक वृद्धाको हत्या गरेका छन्। जैमिनी नगरपालिका १० राङ्खानीका ६० वर्षीय कर्णबहादुर श्रीषले आफ्नी ९० वर्षीया आमा हरिकला श्रीषको हत्या गरेका हुन्।
उनले मंगलबार साँझ घरेलु हतियार पञ्चारो प्रहार गरी हरिकलाको हत्या गरेको प्रहरीले जनाएको छ। उनले बिहीबार प्रहरी चौकी कुश्मीशेरामा आत्मसमर्पण गरेपछि हत्याको रहस्य खुलेको थियो।
श्रीषले साँझ खाना खाने समयमा वृद्ध आमा छोराको भनाभन भएको र सामान्य धक्का लाग्दा आमा पल्टेपछि बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीसँगको प्रारम्भीक वयानमा भनेका बताएको प्रहरी नायव उपरीक्षक बालरणसिंह राणाले जानकारी दिए।
श्रीषका श्रीमती पहिले नै छोडेर हिँडेको र एकमात्रै छोरीको विवाहपछि आमाको साथमा बस्दै आएका थिए।
शुभेच्छा न्यूज संम्वाददाता
बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा आफ्नै छोराले एक वृद्धाको हत्या गरेका छन्। जैमिनी नगरपालिका १० राङ्खानीका ६० वर्षीय कर्णबहादुर श्रीषले आफ्नी ९० वर्षीया आमा हरिकला श्रीषको हत्या गरेका हुन्।

Related