शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । दक्षिण कोरियामा बुधबार एक नेपालीको मृत्यु भएको छ। उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए। कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खाना खाएर सुतेका थिए।
मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ। शव परीक्षण प्रतिवेदनपश्चात् मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिए।
सन् २००७ देखि हालसम्म १६० नेपालीको विभिन्न कारणबाट मृत्यु भइसकेको छ। रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत् हाल कोरियामा करीब ३६ हजार नेपाली औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन्।

Related