• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

असिना पीडित किसानलाई राहत वितरण

  •      /६ मंसिर २०७५, बिहीबार १०:४३ ,  प्रकाशीत
  • पोखरा /महानगरपालिकाले वडा नम्बर २० स्थित आँटीघरका असिना पीडित किसानलाई मंगलबार राहत वितरण गरेको छ । गत कात्तिक २ गते परेको असिना पानीले साविक मौजा गाविसको खुमेकाभ्रे युम्दुपाखा र बिसौनामा ८० प्रतिशत धानबाली नष्ट गरेकाले महानगरको कृषि विकास महाशाखाको राहत प्याकेज सहयोग कार्यक्रम अन्तर्गत राहत वितरण गरिएको हो ।

    पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, वडा नम्बर २० का वडाध्यक्ष सीम गुरुङ लगायतले आँटीघरमा आयोजित कार्यक्रममा २६ किसानलाई राहत वितरण गरेका हुन् । कार्यक्रममा प्रमुख जिसीले जनतालाई स्थानीय सरकार भएको अनुभूति दिलाउन राहत वितरणको सुरुवात गरिएको बताए । क्षति भए अनुसार नै राहत वितरण दिन नसकेपनि थोरै मल्हम पट्टी लगाउने प्रयास महानगरले गरेको उनको भनाइ छ ।

    उनले बाली नष्ट भएपछि राहत दिन भन्दा पनि किसानलाई बाली विमामा आकर्षित गर्न महानगरले योजना बनाउने बताए । साविक मौजा गाविसलाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए । कार्यक्रममा पोखरा महानगरपालिका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले प्रति रोपनी १ हजारको दरले किसानलाई राहत वितरण गरेको बताए । उनका अनुसार २६ किसानलाई १ सय ५० रोपनीको १ लाख ५० हजार राहत वितरण गरिएको हो । रोपनी अनुसार किसानले २ हजारदेखि १० हजारसम्म राहत पाएका छन् ।

    महानगरले पहिलो पटक असिना पीडित किसानलाई राहत वितरण गरेको बताउँदै उनले विमा बारे किसानलाई सचेतना जगाउन पर्ने बताए । उनले बाली बिमा गराउने बारेमा किसानलाई जागरुक गराउन कृषि महाशाखा लागि परेको बताए । गत कात्तिक २ गते असिना पानीले धानबाली नष्ट गरेपछि किसानले वडा कार्यालयमा निवेदन दिएका थिए । वडाले महानगरमा राहतको लागि सिफारिस गरेपछि कृषि विकास महाशाखाले प्राविधिक खटाएर त्यसको विवरण संकलन गरी राहत वितरण गरेको कडरियाले बताए । वडाध्यक्ष सीम गुरुङले मौजालाई प्रांगारिक कृषि उत्पादनको पकेट क्षेत्र बनाउन र व्यवसायिक रुपमा खेती गर्ने किसानलाई वडाले पनि सहयोग गर्ने बताए ।

    किसानहरु मुक्तिराम पोखरेल, सोमनाथ पोखरेल, कृष्ण पोखरेल, चुडामणि पोख्रेल, भूमिनाथ पौडेल, रेवती पौडेल,दिलबहादुर विक,बलबहादुर परियार, गोबीरास परियार, गोपाल परियार, नवराज गुरुङ, नवराज पौडेल, देवीकुमारी गुरुङलाई राहत वितरण गरिएको हो । वीरकराज परियार, हुमबहादुर परियार, तिलबहादुर परियार, धनबहादुर गुरुङ, नन्द्रबहादुर गुरुङ, चक्रबहादुर गुरुङ, धनबहादुर गुरुङ, दुर्गा गुरुङ, विष्णुबहादुर गुरुङ, धनबहादुर गुरुङ, चम्पासिंह गुरुङ, डम्बरबहादुर गुरुङ, आशबहादुर विकलाई राहत वितरण गरिएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.