केही महिना अगाडीदेखि रोकिएको सवारी लाइसेन्सको आवेदन आजदेखि खुल्दै, अनलाइनबाटै भर्न सकिने
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौँः दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजदेखि खुल्दैछ। यातायात व्यवस्था विभागले आज बिहान १० बजेदेखि अनलाइन फाराम खुला हुने जनाएको छ।
दशैंअघिबाट अनलाइन फाराम रोकिएको भए पनि रि-ट्रायल लगायतका कामहरु भने भइरहेका छन्।काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भर्याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत पनि अनलाइन आवेदन भर्न सकिने छ। चारवटै कार्यालयबाट, बाइक, स्कुटर र कार/जीपका लागि आवेदन दिन सकिने छ।
अनलाइन आवेदन विभागको वेबसाइटमा गएर अप्लाइ गर्न सकिन्छ। यातायात व्यवस्था विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ।
परम्परागत कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स अनिवार्य गरिएको भए पनि वर्ष दिन कुर्नुपर्ने बाध्यता भने हट्न सकेको छैन। करिब ६ लाखले ट्रायल परीक्षा पास गरेर पनि लाइसेन्स पाउन सकेका छैनन्।
यातायात व्यवस्था विभागले उक्त ब्याकलक हटाउनका लागि निजी कम्पनी मालिका इन्कर्पोरेशनलार्इ लाइसेन्स छपाईको जिम्मेवारी दिए पनि पर्याप्त छपाई गर्न सकेको छैन।
Related