• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मानसिक सन्तुलन बिग्रिएपछि निर्मला पन्तका बुबालाई उपचारका लागि काठमाण्डौ लगियो

  •      /८ मंसिर २०७५, शनिबार १२:३१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    धनगढी : बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया छोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न माग राख्दै धर्नामा बसेका बुवा यज्ञराज पन्तको मानसिक अवस्था खराब बन्न थालेपछि उपचारका लागि काठमाडौँ लगिएको छ ।

    १४ दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था पनि बिग्रिँदै गएपछि शनिवार उपचारका लागि काठमाडौं लगिएको हो ।

    कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शकर बहादुर विष्टका अनुसार यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ । यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी पन्त, इश्वरदत्त जोशी, गजाधर भट्ट काठमाडौं गएका छन ।

    कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कुवर कठायतले भने, ‘हामीले काठमाण्डौ पठाउनका लागि भर्खरै महेन्द्रनगरबाट गाडीमा धनगढी पठाएको छौ । धनगढीबाट बाट साढे ६ बजे बुद्ध एयरको फ्लाईटमा निर्मलाका बुबासहित आफन्त काठमाण्डौ जानु हुने छ ।’

    धर्नामा बसेका परिवारका सदस्यसहित अधिकारकर्मीहरुसँग जिल्ला प्रशासन कार्यालयमा शुक्रबार साँझ त्यस बारेमा छलफल समेत गरिएको थियो ।

    यज्ञराजले केही दिनदेखि धर्नास्थलमा बर्बराउने, अधिकारकर्मीहरुलाई समेत तथानाम गाली गर्ने, सडकमा जिन्दावाद र मुर्दावाद भन्दै एक्लै नारा लगाउने जस्ता क्रियाकलापहरु देखाउन थालेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.