• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मस्र्याङ्दी नदीमा कायाकिङ प्रतियोगिता सुरु

  •      /८ मंसिर २०७५, शनिबार १५:१० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    लमजुङ / साहसिक जलयात्रा मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित लमजुङको मस्र्याङ्दी नदीमा शनिबारदेखि १७ औं सस्करणको कायाकिङ(हिमालयन ह्वाईट वाटर च्यालेन्ज) शुरुभएको छ । दुई किलोमिटर दुरीको कायाकिङको पहिलो दिन नेपाल मुलका बेलायती प्रितम गुरुङले पुरुष तर्फ अग्रता लिएका छन् ।

    गुरुङले १५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अग्रता लिएका हुन् । उनले २ मिनेट १७ सेकेण्डमा दुरी पार गरेका थिए । गुरुङलाई पच्छ्याउदै नेपालका रोजेन्द्र गुरुङले २ मिनेट २६ सेकेण्डमा पार गर्दै दोस्रो स्थानमा रहदाँ बेलायतकै माट स्टेफेन तेस्रो स्थानमा छन् ।

    महिला तर्फ आइरिसकी सुशन डोयलले अग्रता लिएकी छिन । डोयलले निर्धारित २ किलो मिटर दुरी २ मिनेट ३७ सेकेण्डमा पार गर्दै अग्रता लिएकी हुन । उनलाई पच्छ्याउदै जर्मनकी भेरा नियसले २ मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन ।

    प्रतियोगिता आगामी सोमबारसम्म सञ्चालन हुने नेपाल एसोशियसन अफ ¥याफ्टिङ एजेन्ट्सका अध्यक्ष निमबहादुर मगरले बताए । प्रतियोगितामा बेलायत, फ्रान्स, अमेरिका, क्यानडा, नर्वे, स्वीडेन, स्पेन, न्यूजिल्याण्ड तथा अष्ट्रलिया लगायतका पुरुष र महिला गरी १०० भन्दा बढी कायकरहरुको सहभागिता रहेको छ । प्रतियोगितामा आइतबार दोस्रो दिन ‘स्ट्रिम सलालम’ र अन्तिम दिन सोमबार ‘हेड टु हेड बोर्डर क्रस विद्या’मा खेल हुनेछ ।

    प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने कायकरले हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गर्ने छन । द्धित्तिय र तृतीय हुनेले हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु ३० हजार र २० हजार थाप्ने छन् ।

    त्यसैगरी महिला तर्फको बिजेता, उपबिजेता र सान्त्वना स्थान हासिल गर्ने कायकरलाई हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु ३० हजार २० हजार र १० हजार प्रदान गरिने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.