सडकमा विप्लवको शक्ति प्रदर्शन,सुरक्षा ब्यवस्था कडा ८ सय प्रहरी परिचालित
/८ मंसिर २०७५, शनिबार ११:०६ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा जनप्रदर्शन गरेको छ । सरकारले विभिन्न स्थानमा सभा गर्न निषेध गरेपछि उसले खुल्ला सडकमै सभा गरिरहेको छ ।
पार्टी पुनर्गठनका अवसरमा आयोजित भनिएको जनसभामा सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बोलिरहेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जनसभाको आयोजना गरेको छ। पार्टी पुनर्गठनका अवसरमा आयोजित भनिएको जनसभाका लागि भृकुटीमण्डपको बीच सडकमा ठाउँ तयार पारिएको छ ।
सभाका लागि प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको गेट अगाडी मञ्च बनाइएको छ । सडक सभास्थल बनेपछि उक्त सडक बन्द भएको छ ।
सो सभामा महासचिव नेत्रविक्रम चन्द उपस्थित छैनन् । तर, सो सभामा नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरु सहभागी छन् ।
सभा हुनुअघि राजधानीका बबरमहल, लैनचौर, सुन्धारालगायतका स्थानबाट जुलुस निस्किएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजधानीको प्रदर्शनीमार्गमा आयोजना गरेको जनसभालाई लक्षित गरेर सरकारले काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
काठमाडौंको बबरमहल, लैनचौर र कालिमाटीबाट निस्किएको जुलुस तथा कार्यक्रम स्थलको सुरक्षार्थ ८ सय भन्दा बढी प्रहरी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समिति काठमाडौँले विप्लवको कार्यक्रम नियाल्नका लागि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा ‘कमाण्ड पोष्ट’ खडा गरेको छ ।

Related