• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी बित्ने छ तपाईको दिनचर्या, हेर्नुस् यो साताको साप्ताहिक राशीफल

  •      /८ मंसिर २०७५, शनिबार ०३:४१ ,  प्रकाशीत
  • २०७५ मंसिर ८ देखि १४ गतेसम्म
    मेष राशिः मेष राशिका लागि साता अर्थकरी रहने देखिन्छ । सोचेका काम पूरा हुने छन् । आर्थिक वृद्धि हुनुका साथै व्यापार व्यवसायबाट पनि उल्लेख्य लाभ हुने देखिन्छ । अध्ययनमा रुचि जाग्ने छ । शत्रु पराजित हुने छन् । सामाजिक माम प्रतिष्ठा प्राप्त हुनुका साथै आफन्त जनको पनि साथ सहयोग मिल्ने देखिन्छ । मंगल र बुधबार स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

    वृष राशिः वृष राशिका लागि यो साता फलदायी देखिन्छ । काम बन्नुका साथै आर्थिक उन्नति हुने छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । धनको क्षेत्र सबल छ । भौतिक सुख सुविधा मिल्नुका साथै धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनेछ । शत्रु पराजित हुने छन । व्यापार व्यवसायबाट पनि विशेष लाभ देखिन्छ । बुधबार र बिहीबार स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

    मिथुन राशिः मिथुन राशिका लागि साता लाभदायी देखिन्छ । सोचेका काम बन्नुका साथै नयाँ कार्यको प्राप्ति हुने छ । शत्रु निर्वल छन् । अध्ययनको क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । भूमिबाट विशेष लाभ हुने छ । कला साहित्यका क्षेत्रमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा पनि मिल्ने देखिन्छ । व्यापार व्यपवसायबाट लाभ हुने छ । अन्य क्षेत्र मध्यम फलदायी देखिन्छ । बिहीबारबाट भने खर्चमा वृद्धि हुने देखिन्छ ।

    कर्कट राशिः कर्कट राशिका लागि साता फलदायी रहनेछ । सातको आरम्भमा केही कर्य बाधा आईपरे पनि मंगलबारबाट क्रमिक सुधार हुँदै जानेछ । व्यापार व्यवसायबाट लाभ हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । मित्र जनको साथ सहयोगले कार्यमा प्रगति हुनुका साथै नयाँ काम पाउने योग पनि देखिन्छ । धनको क्षेत्र सबल रहे पनि स्वास्थ्मा भने ध्यन दिनु नै उचित हुने देखिन्छ ।

    सिंह राशिः सिंह राशिका लागि साता अर्थकरी रहने देखिन्छ । बौद्धिक कार्यमा विशेष रुचि जाग्ने छ । वाणिज्य व्यापारबाट विशेष लाभ हुने छ । धनको क्षेत्र सबल छ । आर्थिक उन्नति हुनुका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राको अवसर पनि मिल्ने छन् । मंगल र बुधबार कार्यमा बाधा आइपर्न सक्ने देखिन्छ । अन्य क्षेत्र सबल छन् ।

    कन्या राशिः कन्या राशिका लागि साता फलदायी रहनेछ । साोचेका काम पूरा हुने छन । कार्य गर्ने जोश जागर पलाउनुका साथै अध्ययनमा पनि रुचि जाग्ने छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै लक्ष्मीवृद्धिको योग पनि देखिन्छ । व्यापार व्यवसाय पनि फलदायी नै रहनेछ । विद्याको क्षेत्र सबल छ । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलता रहनेछ । अन्य क्षेत्र मध्यम फलदायी देखिन्छ ।

    तुला राशिः तुला राशिका लागि सात उत्तम फलदायी रहने देखिन्छ । कार्य प्राप्तिका साथै आर्थिक उन्नतिको योग पनि देखिन्छन् । कर्म क्षेत्र बलबान् छ । अध्ययनमा रुचि जाग्नुका साथै धार्मिक कार्यमा विशेष अभिरुचि रहनेछ । मित्र जनको साथ सहयोगले कार्यमा प्रगति हुने देखिन्छ । व्यापार व्यवसायमा पनि उल्लेख्य वृद्धि हुने देखिन्छ । सामाजिक मान प्रतिष्ठना मिल्नुका साथै धार्मिक यात्राको योग देखिन्छ ।

    वृश्चिक राशिः वृश्चिक राशिका लागि साता मध्यम फलदायी देखिन्छ । मंगलबासम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ । बुधबार कार्यमा सफलता मिल्दै जानेछ । आर्थिक क्षेत्र सबल देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कार्योन्नतिको योग पनि देखिन्छ । बौद्धिकार्यमा विशेष सफलता रहनेछ । पारिवारिक साथ सहयोग रहनुका साथै सामाजिक मान प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

    धनु राशिः धनु राशिका लागि साताको लाभदायी रहनेछ । व्यसायमा वृद्धि हुनेछ । कार्य लाभका साथै अध्ययन अध्यापनकमा क्षेत्रमा सफलता मिल्नेछ । मित्रजनको साथ सहयोगले कार्यमा प्रगति हुनुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । आर्थिक क्षेत्र सबल छ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै भौतिक पदार्थबाट विशेष लाभ हुनेछ । मंगल र बुधबार भने खर्चमा वृद्धि हुने देखिन्छ ।

    मकर राशिः मकर राशिका लागि साता अर्थकरी रहनेछ । श्रीवृद्धिका साथै आर्थिक उन्नति हुने छ । अध्ययनमा रुचि जाग्नुका भूधनबाट विशेष लाभ हुने देखिन्छ । शत्रु निर्वल रहने छन् । स्वास्थ्को क्षेत्र मध्यम फलदायी रहनेछ । धार्मिक कार्यमा विशेष रुचि जाग्नुका साथै कर्मप्राप्तिको योग देखिन्छ । साताको अन्त्यतिर कर्यमा बाधा आउनुका साथै खर्च बढ्न सक्ने देखिन्छ ।

    कुम्भ राशिः कुम्भ राशिका लागि साता वृद्धिदायी रहनेछ । सोचेका काम पूरा हुने छन् । कला सहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै मान सम्मानको योग पनि देखिन्छ । कार्यमा उन्नति हुने छ । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै व्यापार व्यवसायाट पनि विशेष लाभ हुने देखिन्छ ।

    मीन राशिः मीन राशिका लागि साता मिश्रित फलदायी रहनेछ । आरम्भमा कार्यमा व्यवधान रहनेछ । शत्रु पक्ष सबल रहनेछन् । मंगलबारबाट कार्यमा सफलता मिल्ने देखिन्छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । धनको क्षेत्र सबल छ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । कला सहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । अध्ययनको क्षेत्र सबल छ । पारिवारिक सुख मिल्ने देखिन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.