• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाबा आनन्द सञ्चार पुरस्कारबाट पत्रकार दीपक परियार सम्मानित

  •      /९ मंसिर २०७५, आईतवार १३:२९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ।बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७५ बाट कान्तिपुर दैनिकका पत्रकार दीपक परियार सम्मानित भएका छन् ।

    सोमवार पोखरामा आयोजित एक समारोहमा नेपाल उद्योग वबणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी, फाउण्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठले नगद १९ हजार ५ सय ५५ दोसल्ला र सम्मानपत्रले सम्मान गरेका छन् । पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा वहाँका परिवारजनबाट स्थापित भएको हो ।

    पोखरा महानगरपालिका ३२ निवासी परियारले जनदिशा राष्ट्रिय दैनिकबाटबाट पत्रकारिता सुरु गरेका थिए । उनले पोखरामै रहेर स्वाभिमान साप्ताहिक, गोरखापत्र राष्ट्रिय दैनिक, हटलाइन दैनिक, समाधान दैनिक, नेपाल खबर डट कम, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा संवाददाताको रुपमा गण्डकी खबर दैनिकको संवाददाताबाट सहसम्पादक हुँदै कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालेका थिए ।

    वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययन गरेकोले पनि वातावरण बिटमा रिपोर्टिङ गर्न रुचाउँछन् । साहित्य, मनोरञ्जन, खेलकुद उनका रुचीका विषय हुन् । बाल, महिला, दलित लगायत सिमान्तकृत समुदायको अधिकारका विषयमा उनले निरन्तर रिपोर्टिङ गरिरहेका छन् । विशेषतः फिचर लेखनमा जोड दिने उनको चासो खोजमुलक र जनजीविकासँग सम्बन्धित समाचारमा छ ।

    नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव उनी यसअघि मीना गुरुङ सिर्जनशिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

    फाउण्डेशनका अध्यक्ष दीलिपराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित ब्यक्ति दीपक परियार, पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपाली, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, संस्थाका उपाध्यक्ष सरिता ताम्राकार, सचिव टंकराज अधिकारी लगाएतले आफ्नो भनाई राखेका थिए ।

    बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई सो पुरस्कार प्रदान गरिदै आएको पुरस्कार छनोट समितिका सदस्य सचिव एवं बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बताए ।

    प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष नारायण कार्कीकोे संयोजकत्वमा सदस्यहरुमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुर्व सम्मानित ब्यक्तित्व कृष्णमणी बराल, पुरस्कार स्थापना गर्ने परिवारका सदस्य सर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका थिए् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.