पोखरामा जुवातास र अवैध धन्दा बढ्दो, प्रहरीले लियो,दुइस्थानबाट १४ जना जुवाडे नियन्त्रणमा
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा ।पोखराको दुई स्थानमा अबैध रुपमा जुवातास खेल्ने १४ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका नयाँबजार ९ स्थित पूर्ण बहादुर श्रेष्ठले संचालन गरेको मार्ग दर्शन एकेडेमीबाट नौ जनालाइ चार बुक तास बाहेक नगद रु दुइ लाख उन्चालिस हजार छ सय दश रुपैया सहित पक्राउ गरिएको कास्कीका डिएसपी रविन्द्र मान गुरुङले जानकारी दिए।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ९ बस्ने बर्ष ५८ को पुर्ण श्रेष्ठ, पोखरा १० अमरसिंह बस्ने बर्ष ५८ को मिन बहादुर बराल, पोखरा १० अमरसिंह बस्ने बर्ष ६० का भरतकाजी ढुङगाना, पोखरा नयाँबजार ८ बस्ने बर्ष ४५ को सोवित के.सी, पोखरा ९ महेन्द्रपुल बस्ने बर्ष ५४ को लेखनाथ बास्तोला, पोखरा ९ बस्ने बर्ष ५५ को राजु श्रेष्ठरहेका छन्।
त्यसैगरी पोखरा १७ बिरौटा बस्ने बर्ष ४२ को केशब थापा, तनहु शुक्लागण्डकी न.पा १घर भई हाल पोखरा१२ बस्ने बर्ष ४७ को जस गुरुङ र लमजुङ मध्यनेपाल न.पा ८ घर भई हाल पोखरा १२ बस्ने बर्ष ५१ का राम बहादुर गुरुङ रहेका छन् ।
यस्तै पोखरा महानगरपालिका वडा नं १७ काउसेघारी स्थित दिपेन्द्र पौडेलको घरमा पनि अबैध जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पांच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट तीन बुक तास सहित नगद रु एक लाख बयानब्बे हजार सात सय असी रुपैयाँ वरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा स्याङजा जिल्ला आधिखोला गाउँपालिका वडा नं २ घर भई हाल पोखरा १७ काउसेघारी बस्ने बर्ष ४० का दिपेन्द्र पौडेल (घरधनी) स्याङजा पुतलिबजार नगरपालिका ११ घर भई हाल पोखरा १७ बिरौटा बस्ने बर्ष ३७ का कृष्ण अर्याल, स्याङजा पुतलिबजार नगरपालिका ५ घर भई हाल पोखरा १७ बिरौटा बस्ने बर्ष ३५ का प्रकाश रेग्मी,रहेका छन्।
त्यसैगरी स्याङजा पुतलिबजार नगरपालिका ५ घर भई हाल पोखरा १ बगर बस्ने बर्ष ३३ का राजु रेग्मी र कास्की रुपा गाउपालिका १ बस्ने बर्ष ३७ का अम्मर केसी रहेका छन् ।पक्राउ परेका सबैमाथी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Related