कृष्ण अन्जान ज्ञवाली लामाचौर । समाजिक विकासको भावना मनको अन्तस्करणबाट आउनु पर्छ भन्ने उदाहरण बनेका छन पोखरा १९ का युवा सविन जिसी ।यस क्षेत्रको विकासमा अत्यधिक चासो राख्ने र खटिरहने सविनले यहाँका संघ सँस्थालाइ मन फुकाएर सहयोग गर्दै आइरहेका छन्।
मठ मन्दिर, सडक मर्मत, आमा समूह युवाक्लव अनाथालय जुनसुकै क्षेत्रमा उनले सहयोग गरेका छन ।हरेक सामाजिक गतिविधिमा प्रत्यक्ष सँलग्नता राख्ने सविनले समाज सेवा र सामाजिक विकासलाई प्राथमिकतामा राख्छन ।
यो वर्ष पनि उनले समाजसेवामा थुप्रै खर्च गरेका छन । यहि मंसिर आठ गते उनले आफनो वैवाहिक जीवनको १९औ वर्ष गाँठ मानाए तर बैवाहिक बर्ष गाँठ मनाउँदा उनले कुनै तडक भडक देखाएनन। वरु बैवाहिक वर्ष गाँठलाइ समाजिक विकासमा जोडे ।
आफ्नो १९ औँ वर्षगाँठमा उनले पोखरा १९ लामाचौरको बानिया वारि लालिगुराँस मगर समाज भवन रहेको क्षेत्र देखि भक्ति पथ र हल्दारको चौतारो सम्म जाने बाटोमा आफ्नै खर्चमा सडक बत्ति जडान गरेर राज्यले गर्ने काम गरेका छन ।
वाक्लो वस्ति पक्कि सडक तर रातिको समय अँध्यारोमा हिँड्न बाध्य यो क्षेत्रका वासिन्दाहरु सड्क वत्तिका कारण लाभान्वित भएका छन ।लामाचौरको शहर डहरमा घर भएका सविनले मरेर केही नलाने वाँचन्जेल समाज सेवामा लाग्ने बताए ।यो वर्षमा मात्र उनले विभिन्न क्षेत्रमा करिव २ लाख खर्च गरिसकेका छन ।
कृष्ण अन्जान ज्ञवाली
लामाचौर । समाजिक विकासको भावना मनको अन्तस्करणबाट आउनु पर्छ भन्ने उदाहरण बनेका छन पोखरा १९ का युवा सविन जिसी ।यस क्षेत्रको विकासमा अत्यधिक चासो राख्ने र खटिरहने सविनले यहाँका संघ सँस्थालाइ मन फुकाएर सहयोग गर्दै आइरहेका छन्।

Related