पर्यटनमन्त्री अधिकारीद्वारा निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको निरिक्षण,कुनै पनि कसर बाँकी नराखी काम गर्न निर्देशन
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा,१० मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको आज विहान आकस्मि निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा मन्त्री अधिकारीले निर्माण कार्यको जिम्मा पाएका चिनियाँ टोलीसंग कामको प्रगती विवरण बारे जानकारी लिएका थिए । उनले कुनै पनि कसर बाँकी नराखी काम गर्न निर्देशन समेत दिए /
अहिले सम्म २० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी गराएका थिए । सीमेन्टको अभावले गर्दा काममा ढिलाई हुन गएकोे समेत आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए ।
राष्ट्रिय गौरवको आयोजना योजना भएकोले सरकारका तर्फबाट गर्न पर्ने सबै सहयोग रहने भन्दै मन्त्री अधिकारीले रात दिन खटेर भए पनि कामलाई तीब्रता दिन निर्देशन दिए ।
मन्त्री अधिकारीले निरिक्षणको साथमा गएका पोखराका प्रहरी प्रमुख (एसपी) प्रहरी उपरिक्षक ओम रानालाई कामका गतिविधिका बारे निरन्तर निरिक्षण गर्न निर्देशन समेत दिए ।
Related