लायन्स अन्तराष्ट्रियले नेपालको सामाजिक बिकासका क्षेत्रमा सहयोग बृद्धी गर्ने
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । लायन्स क्लव अन्तर्राष्ट्रिका प्रथम भाइस प्रसिडेन्ट जंङग् युल चोइले आफुले आगामी जुलाइबाट लायन्स अन्तर्राष्ट्रियको नेतृत्व सम्हाले पछि नेपाल जस्ता बिकासोन्मुख राष्ट्रको सहयोगमा बृद्धी गर्ने बताएका छन्।
सोमवार लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रक ३२५ बी १ नेपालद्धारा पोखरामा आयोजना गरिएको प्रेसमिट कार्यक्रमा बोल्दै भाइस प्रसिडेन्ट चोइले समाजसेवाका क्षेत्रमा गरिने सामाजिक कार्यकालागि सहयोग बृद्धी गरी सेवाका क्षेत्रलाई अझ प्रभावकारी बनाउने बताए।
उनले विश्वका २१४ मुलुकहरुमा फैलिएको यस सस्थामा १४ लाख सदस्य रहेको बताउदै नेपाल जस्ता बिकसित मुलुकको आर्थिक बिकास सगैं लायन्स सदस्यहरुको बृद्धी हुने बताए।
पत्रकारहरुले महिलाहरुको सहभागिता र उच्च नेतृत्वका वारेमा सोधेको प्रश्नको जवाफमा भाइस प्रसिडेन्ट चोइले लायनवादमा बिश्वबाट ३० प्रतिशत महिलाहरुको सहभागिता रहेको बताए।
‘लायन्समा ३० प्रतिशत महिलाहरुको सहभागिता छ’ उनले भने। ‘सन १९८७ देखि लायन्समा महिलाहरुले विभिन्न तहमा नेतृत्व गरेका छन्। दक्षिण एसियाली मुलुक पाकिस्तानबाटै पहिलो महिला अन्तराष्ट्रिय डाइरेक्टर भएकी छन्। अहिले सम्म दुइदर्जन भन्दा बढी महीलाले उच्च नेतृत्व गरिसकेका छन्।’
उनले नेपालले पनि छिटै अन्तराष्ट्रियको नेतृत्व गर्ने बताए। ‘संजय खेतान सक्रियरुपमा अगाडि बढ्नु भएको छ जोइले भने। उहाँ छिटैनै अन्तराष्ट्रि प्रसिडेन्ट बन्नुहुने छ।’
उनले कडा परिश्रम र मिहिनेत बिना मुलुकको बिकास र समृद्धी सम्भव नभएको बताए। आफ्नो मुलुक कोरियाले कडापरिश्रम र मिहिनेतबाट नै बिकसित मुलुक बन्न सफल भएको बताए।
मिहिनेत र परिश्रमले नै विश्व उत्कृस्ट ब्राण्डहरु जस्तो सामसुम र हुण्डाई जस्ता उत्पादनले बिश्वलाई च्यालेन्ज गरीरहेको उनको भनाइ थियो।
लायन्स अन्तराष्ट्रियका एलसिआइएफ लिडर बालकृष्ण बुर्लाकोलीले लायन्स अन्तराष्ट्रयले सामाजिक क्षेत्रमा गरेका विभिन्न योजनाका वारेमा जानकारी गराएका थिए।
Related