शुभेच्छा न्यूज संम्वाददाता पोखरार ।
पोखरा । पोखराबाट ग्रामीण पर्यटकीय क्षेत्र घलेगाउँसम्म सिधा पर्यटक जीप सेवा शुरु भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जीप सेवा सञ्चालनमा ल्याएको हो । मङ्गलवार एक कार्यक्रमका बीच सोलासत्तर गाउँपालिकाका अध्यक्ष प्रेम घलले जीप सेवाको शुभारम्भ गरे ।
सो अवसरमा घलेले जीप सेवाले ग्रामीण पर्यटकीय क्षेत्र घलेगाउँसम्म पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे । पोखरा र घलेगाउँ जाने–आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्ने गरी जीप सञ्चालनमा ल्याइएको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । ‘घलेगाउँ र पोखरा आवत–जावत गर्ने पर्यटकलाई अब सजिलो हुनेछ,’ उनले भने ।
कार्यक्रममा नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका उपाध्यक्ष सञ्जयकान्त सिग्देलले यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पु¥याउनुपर्ने धारणा राखे ।नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठेले सस्तो भाडादरमा स्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
प्रतियात्रु ७ सय ५० रुपैयाँ भाडादर कायम गरिएको जीप एकाईका प्रमुख गोपी लामिछानेले जानकारी दिए ।

Related