शुभेच्छा न्यूज संम्वाददाता
गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।बुधबारदेखि भक्तजनले मन्दिरभित्र गई पूजा गर्न पाएका छन् ।
मन्दिर पुनर्निर्माणका लागि यसअघि अस्थायी टहरामा पूजा गर्ने व्यवस्था मिलाइएको थियो । भूकम्पअघि दक्षिण पश्चिम ६ इन्च ढल्किएको मन्दिर २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुनर्निर्माण थालिएको हो ।
पुनर्निर्माणका लागि मन्दिरमा पूजा बन्द गरेको ४३ महिनापछि फेरि सर्वसाधारणका लागि खुला गरिएको हो । विहान नित्य पूजा गरेर मन्दिर खुल्ला गरिएको पुजारी इन्सान थापा मगरले बताए ।
मन्दिर खुल्ला भएसँगै यस अघि पूजाका लागि बनाइएको अस्थायी टहरा भत्काइएको छ । करिव १४ करोडको लागतमा मन्दिर पुनर्निर्माणको काम सम्पन्न भएको मन्दिर जिर्णाेद्धार समिति संयोजक श्रेष्ठले जानकारी दिए । करिव १८ किलो सुन खर्च भएको उनको भनाइ छ ।
मन्दिर जीर्णाेद्धारका लागि पूरातत्व विभागबाट चार करोड रुपैयाँ विनियोजन भएको थियो । उक्त रकमले सात किलो सुन खरिद गरिएको थियो ।

Related