नेपालमै पहिलो पटक पोखराको वडा नम्बर १३ मा स्मार्ट परिचय पत्र वितरण शुरु
/१२ मंसिर २०७५, बुधबार १४:०९ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / । पोखरा महानगरपालिका वडा नम्बर १३ ले स्मार्ट परिचय पत्र वितरण शुरु गरेको छ । मालिका सफ्टवेयर सँगको सहकार्यमा वडाबासीका लागि स्मार्ट परिचय पत्र वितरण शुरु गरेको हो ।
बुधबार आयोजित कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामाले वडाबासी पत्रकार शोभाकान्त सिग्देललाई स्मार्ट परिचय पत्र प्रदान गरेर स्मार्ट परिचय पत्र वितरणको शुरुवात गरे । स्मार्ट परिचय पत्र निर्माण गर्ने मालिका सफ्टवेयर नेपाल स्मार्ट लाइसेन्स निर्माण गर्ने नेपाली कम्पनी हो ।
वडाले शुरु गरेको स्मार्ट परिचय पत्र व्यक्तिका लागि सिटिजन कार्ड र परिवारका लागि फ्यामिली कार्ड गरी २ किसिमको कार्ड बनाइएको वडाध्यक्ष लामाले जानकारी दिए । व्यक्तिले सिटिजन कार्ड लिनका लागि व्यक्तिगत विवरण भर्नुपर्छ । फ्यामिली स्मार्ट कार्ड लिनका लागि पारिवारिक विवरण भर्नुपर्छ ।
विवरण भरेको करीब २ महिनामा वडाले स्मार्ट परिचय पत्र उपलब्ध गराउने वडाध्यक्ष लामाले जानकारी दिए । वडाले पारिवारिक कार्ड एक पटकलाई निःशुल्क उपलब्ध गराउने उनले बताए । तर व्यक्तिले कार्ड लिएमा प्रति व्यक्ति ५२ रुपैयाँ लाग्ने वडाध्यक्ष लामाले उल्लेख गरे । स्मार्ट कार्ड बाध्यकारी नभई स्वेच्छिक रहेको उनले बताए । स्मार्ट कार्ड नबनाउनेले पुरानै प्रक्रियाबाट सेवा पाउने उनले प्रष्ट्याए ।
त्यसरी वितरण गरिएको कार्ड वडाले राखेको स्क्यान मेसिनमा राखेपछि त्यहाँ लेखिएका सम्पूर्ण विवरण प्रष्ट देखिने वडाध्यक्ष लामाले जानकारी दिए । स्मार्ट परिचय पत्र लागू भएमा २ दिन लाग्ने काम ५ मिनेटमै हुने वडाध्यक्ष लामाले दाबी गरे ।
कुनै सिफारिस लिनु प¥यो भने वडाबासीले अहिले नेपाली कागजमा निवेदन लेख्नुपर्ने, अनि ढड्डा पल्टाएर विवरण हेर्नुपर्ने, त्यसपछि कर्मचारी हुँदै तोक लगाउनका लागि वडाध्यक्ष भेट्दासम्म २ दिन बित्छ, तर स्मार्ट परिचय पत्र लिने वडाबासीले उक्त परिचय पत्र लिएर आएको खण्डमा स्क्यान मेसिनमा स्मार्ट परिचय पत्र राखेपछि चाहिएको सुविधा तुरुन्तै लिन सकिन्छ ।’

Related